Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सार्क सुरक्षाको जिम्मा सेनालाई

काठमाडौ, २२ कार्तिक। सरकारले तीन सातापछि राजधानीमा हुन लागेको सार्कको १८ औं शिखर सम्मेलनको लागि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने भएको छ।

सार्क सदस्य राष्ट्रप्रमुख र सरकार प्रमुख सहभागी हुने सम्मेलनको सुरक्षा मामिलामा विशेषगरी भारत र पाकिस्तानले चासो देखाएपछि सम्मेलन अवधिभर सुरक्षाको जिम्मा सेनालाई दिने निर्णयमा सरकार पुगेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ। सेनाका बलाधिकृत रथी पवनबहादुर पाण्डेको संयोजकत्वमा सरकारले सार्क सुरक्षा समन्वय समिति गठन गरेको छ। अहिले भारत र पाकिस्तानका अधिकारीहरुसँग सुरक्षा रणनीति बनाउने विषयमा छलफल भइरहेको छ।





Comments

comments

2714