नेपालले साढे ८४ करोडमा दुईवटा रेल किन्ने

सरकारले रेल खरिद गर्नका निम्ति रेल विभागलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को अघिल्लो साता बसेको बैठकले भारतको सरकारी स्वामित्वमा रहेको कोंकण रेलवेज कर्पोरेसनमार्फत दुई सेट रेल जी–टु–जी प्रक्रियाबाट खरिद गर्न स्वीकृति दिएको हो।

सरकारले डिजेल इलेक्ट्रिक मल्टिपल युनिट (डीईएमयु) ट्रेन ८४ करोड ६५ लाख ९५ हजार ६ रुपियाँमा खरिद गर्न बजेटसमेत स्वीकृति गरेको छ । सो रेल खरिद गर्दा अन्य कर नलाग्ने व्यवस्था गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

मन्त्री बास्कोटाका अनुसार मन्त्रिपरिषद्को बैठकले सोलु कोरिडोर १३२ केभी प्रसारणलाइनका लागि थप वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको खबर नेपाल समाचारपत्रमा छापिएको छ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले जलस्रोतको उपयोग, व्यवस्थापन र नियमनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ भने नेपाल–भारत व्यापार र पारवाहनसम्बन्धी लेटर अफ एक्सचेन्जलगायतका विषयमा छलफल गर्न सहसचिव रविशंकर सैजुको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।





Comments

comments

Leave a Reply

27444