डोटीका शिक्षा इकाई प्रमुखलाई कार्यकक्षमै कालोमोसो दलियो

डोटी । डोटीको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई अभद्र व्यवहार गरिएको छ।

आइतबार दिउँसो करिब डेढ बजेतिर नेवि संघ सर्मथित युवाहरुको एक समूहले प्रमुख पौड्यालको कार्यकक्षमै गएर अभद्र व्यवहार गर्दै कालोमोसो लगाएका हुन्।

बिद्यालय शिक्षा परीक्षा (एसइई) को अनुगमन गरी दिउसो कार्यकक्षमा रहेका पौड्याललाई १०/१२ जनाको एक समूहले अभद्र ब्यबहार सहित कालोमोसो दलेको खबर नेपाल सामाचारपत्रले छापेको छ ।

एक प्रत्येक्षदर्शीका अनुसार उनीहरुले प्लाष्टिकको झोलामा कालोमोसो बोकेर आएका थिए । कालोमोसो दले लगत्तै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रेस विज्ञप्ती जारी गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले अनियमिता गरेको कुरा सार्वजनिक गरेका छन्।





Comments

comments

Leave a Reply

27478