Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

७२ लाख घुसकाण्डमा मुछिएका भन्सार प्रमुखलाई निलम्बन गर्न निर्देशन

काठमाडौ, २४ कार्तिक। सुन तस्करीमा पक्राउ परेका भारतीय नागरिक अभिषेक सरकारलाई छुटाउनका लागि घुस लिने कार्यमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख नै संलग्न रहेको तथ्य खुलेको छ।

घुस लिदालिदै गत शुक्रवार राती पक्राउ परेका विमानस्थल भन्सार कार्यालयका नासु हरिबंश कार्की र शनिवार पक्राउ परेकिा अर्का नासु सुरेश थपलियाले घुस प्रकरणमा विमानस्थल भन्सार प्रमुख सुदीपचन्द्र शाहको संलग्नता रहेको तथ्य खोलेको छ।

दुई नायबसुब्बाको बयानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल घुसप्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका निमित्त प्रमुख शाहलाई निलम्बन गर्न निर्देशन दिएको छ।

भारतीय नागरिक सरकारलाई सुन तस्करीको मुद्दा मिलाइदिने भन्दै शुक्रवार सााझ २१ लाख रुपैंया घुस लिँदालिँदै पक्राउ परेका भन्सार कार्यालयका नासु हरिबंश कार्कीले निमित्त प्रमुखको आदेश पालना गरेको बयान दिएका थिए।

उनीपछि थप ५१ लाख रुपैंयाासहित पक्राउ परेका अर्का नासु सुरेश थपलियाले पनि शाहकै निर्देशनमा सो रकम लिएको बयान दिएका थिए। सोही आधारमा अख्तियारले शाहलाई निलम्बन गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको समाचार राजधानी दैनिकमा छापिएको छ।

अख्तियारका नासु कार्कीसहितका चार कर्मचारीले अबैध सुन पैठारी गरेकिो अभियोगमा मुद्दा खेपिरहेका भारतीय नागरिक अभिषेक सरकारको मुद्दा मिलाइदिने भन्दै २१ लाख रुपैयाा घुस मागेका थिए।





Comments

comments

2749