Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चन्द समूहको गोप्य भेला शिवगढीको घनघोर जंगलमा

काठमाडौं, २७ कार्तिक। पार्टीमा फरक मत राख्दै आएका नेकपा-माओबादी सचिब नेत्रबिक्रम चन्दले बोलाएको गोप्य राष्ट्रिय भेला यहाँ बुधबार शुरु भएको छ। जिल्लाको सुदूर पश्चिमस्थित शिवगढी गाविसको जंगलमा दिउसो १ बजे भेला शुरु भएको थियो।

जिल्लामा बैद्य पक्षको राम्रो प्रभाव भएको शिवगढी ९ बिजगौरी गाउँदेखि १२ किलोमिटर पश्चिम घना जंगलमा कार्यक्रम चलिरहेको स्रोतले जनाएको छ। १० बजेदेखि कार्यक्रम गर्ने भनिए पनि बाहिर जिल्लाबाट बोलाइएका नेता, कार्यकर्ता अबेर पुगेकाले ढिले शुरु भएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ। बिहीबारसम्म चल्ने कार्यक्रममा सचिब चन्दले आगामी दिनमा आफनो समूह कसरी जाने भन्ने विषयमा निर्णय लिने बताईएको छ। उनले आफू निकट र विश्वासपात्र नेता कार्यकर्तालाई मात्र बोलाएका छन्।





Comments

comments

2798