Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

टोलटोलमा मोदीले भाषण गर्नु र साइकल बाँड्नु ‘मर्यादाविपरीत’

काठमाडौं, २८ कार्तिक। सार्क सम्मेलनमा भाग लिन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा गर्ने भनिएको सार्वजनिक सम्बोधन र साइकल वितरण कार्यक्रम कूटनीतिक मर्यादाविपरीत हुने भन्दै सभासद्हरूले आपत्ति जनाएका छन्। सार्क सम्मेलनको नाममा देशलाई मोदीमय बनाएको आरोपसमेत उनीहरूले लगाएका छन्।

संसद्को राज्य व्यवस्था समिति बैठकमा बिहीबार एमाले सभासद् यज्ञराज सुनुवारले कुनै पनि देशको प्रमुखले अर्को देशको ‘टोलटोलमा भाषण गर्नु र साइकल बाँड्नु’ कूटनीतिक मर्यादाविपरीत हुने बताए। ‘सार्क मुलुकका अन्य सरकार प्रमुखले पनि यसैगरी भाषण गर्ने र राहत वितरण गर्ने काम गरे सरकारले दिन मिल्छ कि मिल्दैन?’ उनले प्रश्न गरे, ‘यसले कुनै पनि मुलुकको सार्वभौमसत्तामाथि नै प्रश्न उठ्छ कि उठ्दैन?’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई सार्कमयभन्दा पनि मोदीमय बनाइएको भन्दै आपत्ति जनाए। ‘कुनै एक देशका प्रमुखलाई खुसी पार्न सरकार लत्रियो। सार्क सम्मेलनमा त अन्य देशका पनि प्रमुख आउँछन् भन्ने सरकारले बिर्सेछ’, उनले भने।

भारतबाट जनकपुर हुँदै नेपाल पस्ने कार्यक्रम बनाएका भारतीय प्रधानमन्त्री मोदीले त्यहाँको बाह्रबिघा मैदानमा सार्वजनिक सम्बोधन गर्ने र स्थानीय बालिकालाई दुई हजारभन्दा बढी साइकल वितरण गर्ने सुरक्षा स्रोतहरूले जानकारी दिएको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ। सार्क सम्मेलन सकेर मोदी लुम्बिनी र मुक्तिनाथ जाने कार्यक्रम छ।





Comments

comments

2822