Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
भारतले दिएको गाडीमा पाकिस्तानी प्रधानमन्त्री नचढ्ने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतले दिएको गाडीमा पाकिस्तानी प्रधानमन्त्री नचढ्ने

काठमाडौं, ३० कार्तिक। सार्कको आगामी शिखर सम्मेलनमा सहभागी हुन आउने एक सदस्य मुलुकले भारतबाट ल्याइएका गाडी नचढ्ने भएको छ। सरकारले भारतसँग सहयोगस्वरूप गाडी ल्याएकामा कूटनीतिक रूपमा विरोध जनाउँदै पाकिस्तानी प्रतिनिधिमण्डलले आफू सवार हुने गाडी आफैं ल्याउन लागेको हो।

फाइल फोटोः सरिफ र मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झैं पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि आफू चढ्ने गाडी आफ्नै मुलुकबाट ल्याउने जानकारी नेपाललाई दिइसकेको उच्च स्रोतले पुष्टि गरेको छ। अन्य अधिकारीको हकमा पनि केही गाडी इस्लामावादबाटै ल्याइने पाकिस्तानले जानकारी दिएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

भारतबाट ६ वटा बुलेटपु्रफ गाडी काठमाडौं आइपुगेकै दिन शनिबार पाकिस्तानले पनि आफू चढ्ने गाडी आफैं ल्याउने टुंगो लागेको हो। परराष्ट्र प्रवक्ता खगनाथ अधिकारीले भने, ‘पाकिस्तानका प्रधानमन्त्रीले पनि आफू चढ्ने गाडीको व्यवस्था आफैंले गर्ने हुनाले सहयोग गरिदिन आग्रह भएको हो। राष्ट्रप्रमुख आउँदा आफ्नै गाडी ल्याउने पुरानै चलन हो।’

नेपाल सरकारसँग विदेशी राष्ट्रप्रमुखलाई चढाउने बुलेटप्रुफ गाडी नहुँदा यस्तो समस्या परेको हो। ‘सरकारले यहाँ रहेका दुई बुलेटप्रुफ गाडी मर्मत गरेर त्यसमा सवार गराउने भन्दै पाकिस्तानी पक्षलाई विश्वस्त तुल्याउन सकेको भए उनले गाडी ल्याउने थिएनन्,’ एक अधिकारीले बताए। तर त्यसमा ध्यान नदिइएको र मन्त्रालयका अधिकारीहरूले राजनीतिक तहमा कुरा नपुर्‍याएको कारण यस्तो समस्या परेको हो। श्रीलंका, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्सले भने भारतीय सहयोगको गाडी नै उपयोग गर्ने छन्।





Comments

comments

2862