केशब स्थापित चौथोपटक एमालेमा प्रबेश गर्दै

काठमाडौं, ३० कार्तिक। काठमाडौं महानगरपालिकाका पूर्वनगर प्रमुख केशब स्थापित पुनः एमालेमा फर्कने भएका छन्। गत संविधानसभा निर्वाचनमा संघीय समाजवादी पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं. ६ मा उम्मेदवार बनेका स्थापितले आइतबार ३ बजे एमाले प्रबेशको घोषणा गर्नेछन्।

स्थापित २०५४ सालमा भएको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट काठमाडौंको नगरप्रमुख निर्वाचित भएका थिए। २०५६ सालमा एमाले फुट्दा वामदेब गौतमसँगै नेकपा मालेमा लागेका उनी गौतमसँगै एमाले फर्केका थिए। राजाको शासनकालमा काठमाडौंको मेयर मनोनित भएपछि पुनः एमालेबाट बाहिरिएका स्थापित केही समय नेपालको सबैभन्दा पुरानो पाटी नेपाल प्रजापरिषद्का कार्यबाहक अध्यक्ष पनि बनेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

२०६३ को आन्दोलनको सफलतापछि काठमाडौंको बाटो विस्तार गर्न एमाओवादीको भातृसंगठन वाईसिएलसँगै मिलेर काम गर्न स्थापित एमाओवादी बनेका थिए।





Comments

comments

2864