Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हुन्डीमार्फत घुस लेनदेन

काठमाडौं, ३० कार्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ गर्न थालेपछि सरकारी कर्मचारीले हुन्डीमार्फत घुस कारोबार गर्न थालेका छन्।

जोखिम कम रहेको भन्दै सेटिङ मिलाएर हुन्डीमार्फत घुस लेनदेन हुन थालेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ। अख्तियारका प्रबक्ता श्रीधर सापकोटाले कर्मचारीको घुस लिने तरिका फेरिएको सूचना आयोगले पाएको बताए।

‘३–४ तह बनाएर घुस लिनेदेखि हुन्डीबाट पनि लेनदेन हुने गरेको बुझिएको छ,’ प्रबक्ता सापकोटाले भने,‘चोरहरु सधै प्रहरीभन्दा अगाडि हुन्छन्।’ अघिल्लो शुक्रबार २१ लाख ४० हजार घुससहित पक्राउ गरेका अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका नायब सुब्बा हरिवंश कार्कीमाथि अनुसन्धान गर्ने क्रममा पनि हुन्डीमार्फत नै घुस लिने गरेको खुलेको छ।





Comments

comments

2868