Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
राजेश हमाल बागमतीमा लडेपछि – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजेश हमाल बागमतीमा लडेपछि

काठमाडौं, ३० कार्तिक। डेलिगेसन टिममा नायिका सुमिना घिमिरे र नायक राजेश हमाललाई पनि देखें। उनीहरूलाई अघि लगाउन सके हजारौंफ्यान पनि पछि लाग्नेछन् भन्ने लाग्यो बागमती सफाइ महाअभियानको शनिबार बसेको अनौपचारिक समीक्षा बैठकमा सरकारका मुख्यसचिव लीलामणि पौड्यालले अभियान सुरुका दिन स्मरण गर्दै भने, राजेशजीलाई डुंगामा सँगै राखेर नदीमा बोटिङ पनि गरें। उहाँ लड्नुभयो, रुझ्नु पनि भयो। त्यसपछि त आउँदैआउनुभएन। पछि उहाँ आफ्नो बिहेको निम्तो कार्ड लिएर आउनुभयो। मैले बागमतीमा सफाइ गर्न आउने भएमात्र आउँछु भनें, तर उहाँ आउनुभएन र म पनि बिहेमा गइनँ।

बागमती सफा गर्ने हुटहुटी मनैदेखि भएको र दर्जनौं संघसंस्थाले कुरा गर्दा पनि सुरु गर्ने आँट नआइरहेको अवस्थामा चलचित्रमा अभिनय गर्ने कलाकारको साथ पाइने देखेपछि यसमा हात हालेको उनले सुनाए। उनले भने, बागमतीबारे फिल्म बन्दैछ, अब पक्कै राजेशजी पनि आउनुहोला। उहाँसँगै अरू आउनुहोला र महाअभियान निरन्तर चल्नेछ।

महाअभियान सुरु भएपछि कसरी सफल पार्ने भन्नेमै ध्यान केन्द्रित गरेको उनले बताए। उनले भने, महाअभियानका घटना र सन्दर्भ लिने हो भने एउटा वेद नै बन्छ।

महाअभियान ७९ औं सातामा चलिरहेका बेला यसले यूएन ह्याबिटेट २०१४ टाउनस्केप अवार्ड पाउने भएको छ। जापानको फुकुओकामा मंसिर ३ गते महाअभियानलाई ५० हजार डलर राशिको पुरस्कार प्रदान गर्न लागिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।

अभियानलाई पुरस्कृत गर्न लागिएकोमा पौड्याल चिन्तित रहेछन्। उनले भने,पुरस्कार नदिए अभियानले निरन्तरता पाउने थियो। एक सय ३५ भन्दा बढी संघसंस्था जुटेर अघि बढेकाले पुरस्कार कसले थाप्ने भन्ने होड चल्ला र अभियानबाट सबै अलग हुँदै जालान् कि भन्ने चिन्ता लागेको छ।

अभियान सफलताका साथ अघि बढ्नुमा पाँच सूत्रले काम गरेको मुख्यसचिव पौड्यालले बताए। उनका अनुसार सरसफाइका लागि आएको रकममा लोभ नगरेको, दलीय आडमा अभियान अघि नबढाएको, व्यक्तिगत स्वार्थ र पदीय आकांक्षाको पछि नलागेको, कसैको बाटो हेरेर काम नथालेको तथा बागमतीभित्र आफैं संघसंस्था र शुभचिन्तक पसेर काम गरेका कारण यो सफल भएको हो।





Comments

comments

2866