दिननाथ बराल / एचकेनेपाल डट कम-
२९ कार्तिक। हङकङमा हालै आयोजना भएको अक्सफाम ट्रेलवर्कर १ सय किलोमिटर दौडको उपाधि नेपाली टोलीले जितेको छ।
एसिया र अन्तर्राष्ट्रिय मान्यता प्राप्त हङकङमा लोकप्रिय प्रतिष्ठत अल्ट्रा रनले आयोजना गरेको २७ औं संस्करणको उक्त प्रतियोगितमा नेपाली कोलम्बिया स्पोटर्स टिमले ११ घण्टा ५६ मिनेटमा उक्त दूरी पार गरी प्रथम स्थान हासिल गर्न सफल भएको रमेश भट्टचनले बताए।
उत्तम क्षेत्री, भिमबहादुर गुरुङ, राम भण्डारी, र किरण कुलुङ नेपाली टिमबाट सहभागी भएका थिए। बैकल्पिक धावकमा सुमन कुलुङ र रमेश भट्टचन रहेका थिए। प्रतियोगितामा ४० राष्ट्रका १ हजार ३ सय टिमको सहभागिता रहेको बताईन्छ। एक टिममा ४ जना सहभागी थिए।