Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कतारमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्गदेनको जन्मजयन्ती भव्य रुपमा सम्पन्न

तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
दोहा कतार। किरात प्रवासी राष्ट्रिय मंच दोहा कतारले नेपालका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्गदेनको १३० औं जन्म जयन्ती भव्य रुपमा मनायो।


तस्वीरहरूः तिलविक्रम थेवे / एचकेनेपाल डट कम

मंचका अध्यक्ष किरण लिङ्गदेनको सभापतित्व र सचिव मनकुमार योङ्गहाङ्गको संचालनमा सम्पन्न भएको जन्मजयन्ती कार्यक्रममा कतारस्थित विभिन्न संघसस्थाका प्रतिनिधिीहरुले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि एनआरएनए एसीसी कतारका अध्यक्ष मक्सुद आलमले राष्ट्रिय विभूति फाल्गुनन्दले किरात समुदाय विशेष गरी लिम्बु समुदायहरुका विचमा सामाजिक सुधार गरेर सवैलाई सचेत बनाउने काम गरेको र समुदाय नै समृद्ध हुने कुराहरु गरेर समाजमा परिवर्तनकामी कार्य गरको र आज पनि उनका समाज सुधारका कार्यहरु उत्तिकै महत्वपूर्ण रहेको बताए।

मंचका सदस्य जीवन माखिमले फाल्गुनन्दको जिवनी र समाजसुधारका कार्यहरुको संक्षिप्त व्याख्या गरेका थिए। अन्य अतिथिहरु नेपाली प्रवासी मंचका अध्यक्ष दिलकिरण खजुम, संघिय लिम्बुवान समाज कतारका अध्यक्ष नरेन्द्र एभेङ्ग, नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्य टंक भट्टराई, आदिवासी जनजाती महासंघका उपाध्यक्ष सियाराम चौधरी, किरात याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोक, संन्ध्या ग्रुप अलखोरका प्रमुख सल्लाहकार वीरेन्द्र याक्थुङ्गवा, पत्रकार तिलविक्रम थेवे, तमु सेवा समाजका उपाध्यक्ष रस गुरुङ्ग, नेपाली महिला समाजका अध्यक्ष रेखा राई लगायतले शुभकामना मन्तव्य दिदै राष्ट्रिय विभुति फाल्गुनन्द लिङ्गदेनको सामाजिक सुधार र समाज र समुदायको लागि समर्पित भएर समाजलाई दिएको योगदानको व्यापक चर्चा गरेका थिए।

आफ्नो मन्तव्यमा राष्ट्रिय विभूति फाल्गुनन्दको समाज सुधारको प्रेरणा लिएर अहिलेका राजनिति दल र नेताहरुले आदीवासी, जनजाती, बाहुन, क्षेत्री, महिला, मधेस, दलित उत्पिडीत, अल्पसंख्यामा रहेका विभिन्न जातीहरु, धर्म, संस्कृति सहिष्णुतालाई सम्बोधन हुन सक्ने किसिमको संविधान तुरुन्त बनाउनुपर्ने कुरामा राज्यको ध्यानाकर्षण गर्दै राज्य र सत्तामा रहेका राजनितिक दल र नेताहरुले अव पनि अलमल र सहमति गर्न सकेनन् भने राज्य द्धन्द्धतर्फ बढ्न सक्ने खतरा रहेको कुरा बताए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष तिर्थ संगम राई, नेपाली सांगितीक परिवारका अध्यक्ष शक्ति क्षेत्री, किरात यायोख्खा शाखा कतारका उपाध्यक्ष रविन राई, आरम्भ नाट्य डवलीका प्रतिनिधी लगायत अन्य संघसंस्थाका प्रतिनिधीहरु पनि जन्मजयन्ती कार्यक्रमका अतिथी रहेका थिए । सोही अवसरमा किरात प्रवासी राष्ट्रिय मंचको संरक्षकत्वमा समर्पित सुर सरगम साधना केन्द्रको पहिलो प्रस्तुतीका रुपमा कलाकारहरुले निर्माण गरेको १० ओटा सुमधुर गीतहरु रहेका “यो याद” नामक सिडी एल्वमको विमोचन गरिएको थियो सोही एल्वमका एउटा गीत गायक राकेश राईले गाएका थिए। किरात प्रवासी राष्ट्रिय मंचको टिसर्ट समेत सार्वजनिक गरिएको कार्यक्रममा अन्य कलाकारहरुले राष्ट्रिय विभूतिप्रति समर्पित गरिएको हृदयस्पर्शी गीत, नृत्य पस्केका थिए भने सुकबहादुर लिम्बु, डम्बर लिवाङ्ग, राजेन्द्र साम्योखाम, सुनिता लिम्बु, सुनिता विक, जयन्दू जवेगु लगायतले लोकप्रिय एवं आकर्षक केलाङ्ग (लिम्बु ढोल नाच) प्रस्तुत गरेका थिए।

वि.सं १९४२ कातिक २५ गते इलाम चुक्चिनाम्बामा जन्मिएका राष्ट्रिय विभूति फाल्गुनन्दले १० वुदे लिखित सत्यधर्म मुचुल्का समेत कायम गरेका र गाँउगाँउमा मठमन्दिर निर्माण, पाठशाला निर्माण, लेखपढ गर्न सिकाउने विभिन्न धार्मिक संस्कारलाई परिस्कृत बनाउने, आफ्नै घरेलु उत्पादनमा जोड दिनुपर्ने लगायतका सामाजिक कार्यहरु गरेका थिए थिए। राष्ट्रिय विभूति फाल्गुनन्दको मृत्यु वि.सं २००५ चैत्र २२ गते भएको थियो।





Comments

comments

2873