Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गुणस्तरमा ध्यान दिदै पार्लर

बसन्ती बास्तोला / एचकेनेपाल डट कम –
पोखरा। व्युटिपार्लरलाई गुणस्तरीय बनाउने र अरुलाई समेत रोजगार दिने उद्धेश्यले बुद्धचोकमा वबी व्युटिपार्लर सञ्चालनमा आएको छ।

बबिता केसी (कार्की)ले सञ्चालन गरेको पार्लरको उद्धघाटन सोमबार बरिष्ठ व्युटिसियन चिनु गुरुङले गरिन्। पार्लरप्रति गाउंसम्म सकरात्मक सन्देश पुगेको कारण अहिले यस्को भविष्य राम्रो रहेको गुरुङले बताईन्। भनिन् ‘सुन्दर हुन सवैलाई मन लाग्छ त्यसैले हामीले गुणस्तर सेवा दिनुपर्छ।’

ट्रेनिङ सेन्टर समेत रहेको यहाँ दुलही श्रृङगार, फेसियल, कर्ली, मेहेन्दि लगायतका सेवा प्रदान गरिन्छ। ६ वर्ष व्युटिसियन र टिचरकोरुपमा काम गरेकी बबिताले आफै केही गर्ने उद्धेश्यले पार्लर खोलेको बताईन्। भनिन् ‘मलाई आफै गुणस्तरीय सेवा दिन र घर नजिक पार्लर खोल्न मन लाग्यो र सुरु गरे।’ पार्लर धेरै खुले पनि दक्ष जनशक्ति र गुणस्तरीय सेवा दिन नसकेको अवस्थामा यस पार्लरले त्यसलाई पुरा गर्ने बबिताको विश्वास छ।

पार्लरको काम सिक्न चाहनेलाई आधुनिक प्रविधि समेत सिकाइने केसीले बताईन्। पछिल्लो समय पार्लर आत्मनिर्भर बन्न चाहने धेरै महिलाको रोजाई बनेको छ। जागिर र व्यवसायको लागि मात्र हैन विदेशमा समेत अवसर भएको कारण आर्कषण बढेको हो।





Comments

comments

288