न्युयोर्क चाप्टरको अधिवेशनले झल्को दियो नेपालको

महेश मल्ल / एचकेनेपाल डट कम –
न्यू-योर्क। नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसमपर्क समिती न्यू योर्क चाप्टरको दोस्रो अधिवेशन जाक्सन हाइटस्थित सत्य नारायण मन्दिरमा अत्यन्तै भब्यताका साथ सम्पन्न भएको छ।

अमेरिकामा बसोवास गर्ने सबै नेपालीको नजरमा परेको यो अधिवेशनले अन्तिम समयसम्म सर्वसम्मत गर्न नसकेपछि चुनावीप्रकृया अपनाएको थियो। झण्डै नेपालको स्थानीय निर्वाचनको झल्को दिलाएको उक्त अधिवेशनमा दुई वटा समूह चुनावी मैदानमा उत्रिएका थिए। लगभग चार घण्टा सम्मलाइनमा बसेर अत्यन्तै धैर्यता र उत्सुकताका साथ सहभागी बनी ८७१ मध्ये ५०९ जना मतदाताहरुले आफ्नो अमूल्य मत खसालेका दृश्य हेर्न अति नै लायक देखिएको थियो।

लोकतन्त्रको एक मात्र धरोहरको रुपमा रहेको नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति न्यू योर्क चाप्टर अमेरिकाले लोकतान्त्रिक विधी र प्रकृयाको भरपूर उपयोग गर्दै शारिरीक रुपमा उपस्थिति जनाइ नेतृत्व चयन गरेको दृश्य अमेरिकाकै ईतिहासमा नेपालीको लागि पहिलो र नौलो देखिएको थियो।

अमेरिका भरिका काँग्रेसीहरुले बिशेष चासोका साथ हेरिरहेको उक्त अधिवेशन अत्यन्तै शान्तिपूर्ण, विवादरहित र निष्पक्ष ढंगले सम्पन भएको थियो। लामो समयदेखि थाँती रहेको र सबै नेपालीको ध्यान केन्द्रित भएको यो अधिवेशनमा गरिएको निर्वाचनको मत गणना त्यसै रातको दश बजेदेखि सुरु गरी जुन २३ तारिकको बिहान छ बजे मात्र सकिएको थियो। उक्त मत गणनाको परिणाम अनुसार सभापतिमा रोशन ढुंगाना २७६ मत प्राप्त गरी बिजयी बने भने उनका प्रतिद्वन्दी बिकास बिष्टले २१९ मत ल्याएका थिए।

अन्य सदस्यहरुमा १.अशोक ज्ञवाली २.अनिल पाण्डे ३.कमला पन्त ४. महेश मल्ल५. अनन्त राज सुवेदी ६. अमर तामाङ ७.मोना शर्मा ८. नवराज भट्ट ९ .गणेश बिष्ट १०. उमेश कुमार थापा ११. विवेक पौड्याल १२. पुष्कर पाठक १३. ॠषि राज अधिकारी १४.वृन्दा राइ १५. मनोज शर्मा १६. निर्माला वास्कोटासमेत गरी जम्मा १६ जना सदस्यहरु निर्बाचित भएका थिए।

न्यू-योर्क आसपासका राज्यहरुबाट पनि पर्यवेक्षकको रुपमा काँग्रेसी शुभ चिन्तकहरुको उतिकै ब्यापक उपस्थिति रहेको उक्त अधिवेशनको खुल्ला सत्रको अध्यक्षता हरीनारायण सापकोटाले गरेको थियो भने प्रमुख अथितिको रुपमा गुल्मी जिल्लाका पूर्व पार्टी सभापति एवं नेकाका युवा नेता त्रैलोक्य प्रताप सेन रहनु भएको थियो। बिशेष अथिति नेजस अधिवेशन तयारी समितिका संयोजक बिष्णु सुवेदी भएको सो कार्यक्रमको संचालक नेकाको पूर्व महासमिति सदस्य मुनिन्द्र बिक्रम नेम्बाङले गर्नु भएको थियो।

दर्जनौ अतिथि रहेको सो कार्यक्रममा अधिकांश बक्ताहरुले अधिवेशनको सफलताको शुभकामना ब्यक्त गर्दै नेपालमा लोकतान्त्रिक लक्ष, राजनीतिक स्थिरता र राष्ट्रिय एकता कायम राख्नका लागि नेपाली काँग्रेसको काँधमा अहिले अत्यन्तै ठूलो जिम्मेवारी आएको औल्याएका थिए। त्यसका निमित सबै लोकतान्त्रिक शक्तिहरु अब एक हुनै पर्ने धारणा राख्दै न्यू-योर्क चाप्टरको नेतृत्व चयन सर्वसम्मत होस भन्ने संकेत गरेका थिए। शुभकामना मन्तब्य राख्नेहरुमा नेजसका सल्लाहकारहरु उमा कार्की, विश्व बन्धु प्रसाइ, बंसलाल तामाङ, केशब बराल, महासमिती सदस्यहरु, चित्रा के.सी. आनन्द बिष्ट, बेद खरेल केन्द्रिय सदस्यहरु कृष्ण लामिछाने, जगनाथ गौतम, प्रमोद सिटौला, दुर्गा श्रेष्,बिकास बिष्ट, एन.आर.एन.आइ सि.सि. अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्री, प्रवासी नेपाली मन्चका अध्यक्ष सञ्जय थापा लगायतका थिए। अधिवेशनका बखत प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पार्टी सभापति सुशील कोइराला अमेरिकाको न्यू-योर्कमा नै रहनु भएता पनि स्वास्थ्यका कारण अधिवेशन स्थलमा उपस्थित हुन सक्नु भएन। उहाँले अधिवेशनको सफलताको शुभकामना सन्देश पठाउनु भएको कुरा कार्यक्रम संचालक मुनिन्द्र बिक्रम नेम्बाङले सबैलाई जानकारी गराउनु भएको थियो।





Comments

comments

292