Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सोनसिकले विशेष अन्तरकृया कार्यक्रम गर्दै

सुरज गुरुङ / एचकेनेपाल डट कम –
द. कोरिया। नेपाल र नेपालीका लागि भन्ने नाराका साथ नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले पहिलो पटक एक विशेष अन्तरकृया कार्यक्रम गर्ने भएको छ।

कोरियाबाट नेपालीहरुले लिन सक्ने लाभ, शीप, ज्ञान, पैसा तथा नेपालमा त्यसको अधिक्तम सदुपयोग विषयमा आयोजना गर्न लागेको आयोजकले बताएको छ। नेपाली विद्यार्थीहरु तथा अन्य नेपाली समुदाय विचको अन्तरकृया तथा परिचयात्मक कार्यक्रममा उपस्थितीको लागि सोनसिकले द. कोरियास्थित नेपाली समुदायलाई हार्दिक अनुरोध गरेको छ।

अन्तरकृयाको लागि विशेष विषयहरुः–
१. कोरियामा नेपालीहरुको मानसिक, शारिरिक तथा सामाजिक समस्या र व्यवस्थापन
२. सामाजिक, पारिवारिक तथा कार्यक्षेत्रमा उत्पन्न हुने तनाव र व्यवस्थापनका उपायहरु
३. कोरियामा नेपाली समुदाय र नेपाली राजदूताबासको भूमिका
४. नेपाल र नेपालीलाई सहयोग गर्ने तन र मनहरु
५. कोरियाबाट अधिक्तम लाभ र सुन्दर भविष्य

प्रमुख बक्ताहरुः
डा. राजेश चन्द्र जोशी, डा. किम थे हेन, डा. किम जोङस, दोग्सान अस्पताल देगु, श्री राजासाम बर्तौला नेपाली राजदूतावास दक्षिण कोरिया तथा अन्य विभिन्न क्षेत्रका विज्ञहरु।

साथमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि हुने आयोजकले जनाएको छ।

मितिः २०१४ जुलाई ६ आईतावार
समयः दिउसो १ बजे देखी ४:३० सम्म
स्थानः यो¨नाम विश्वविद्यालय देगु, सव वे लाईन नं. २, योङनाम देहाक्यो स्टेसन
सम्पर्कः अजय कुमार झा (कार्यक्रम संयोजक) तारामान कडायत (सभामति सोनसिक)
०१०–५५०३–५१४८
सहयोगीहरुः
नेपाली राजदूतावास कोरिया
नेपाल कोरिया एसोसियसन देगु





Comments

comments

298