स्वीजरल्याण्डको जुरिचमा समर ब्लास्ट सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

गुणराज शर्मा/ एचकेनेपाल डट कम-
नेपालका चर्चित गायक अभिनाश घिसिङ र गायिका रेश्मा सुनुवारको बेजोड प्रस्तुतिमा समर ब्लास्ट सांगेतिक कार्यक्रम जुरिच शहरमा शनिवार भब्य रुपमा सम्पन्न भएको छ।

स्वीसवासी नेपालीका माझ कार्यक्रम गर्दै आउनु भएका शुभ आल्मेर लामा र तेम्पा गुरुङको आयोजानामा स्विस नेपाल समाजको सहयोग र रोधी साँझ स्वीजरल्याण्डको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा स्वीस, अस्ट्रिया,जर्मनीका नेपाली एवं नेपाल र नेपालीलाई माया गर्नेहरुको उलेख्य उपस्थिति रहेको थियो।

निर्धारित समय र कार्यतालिका अनुसार नै व्यवस्थित तरिकाले सम्पन्न भएको उक्त कार्यक्रमको शुरुमा आयोजक शुभ आल्मेर लामा र डिटर आल्मेरले कार्यक्रमको बारेमा जानकारी दिदै मनोरंजन गर्न सबैलाई आग्रह गर्नु भएको थियो भने स्विस नेपाल समाजका अध्यक्ष मार्कुस स्टुलले सबैलाई स्वागत गर्नु भएको थियो| त्यस लगत्तै कार्यक्रमको पहिलो चरण शुरु भएको थियो जसमा गायक गायिकाले आफ्नो नयाँ पुराना गीत गाउनु भएको थियो भने स्वीसका स्थानीय कलाकार वर्षा हायोज, दृष्टिविहीन सुदिप फ्राउन्फ़ेल्ड र सुभाष सुन्दासले पनि आफ्नो कला पर्स्तुत गर्नु भएको थियो।

रोधी साँझ स्वीजरल्याण्डको टिमले तयार पारेको स्वादिष्ट नेपाली खानासंगै दोस्रो चरणको कार्यक्रम शुरु भएको थियो। उक्त अवसरमा हलको माहौल तातेको थियो। अभिनाश घिसिङले आफ्ना चर्चित गीतहरु कलकत्ते काईयो, ल्हासाको चिसो, चम्पालगायतका गीत र गायिका रेश्मा सुनुवारले आफ्ना चर्चित गीत मै ठूली भई छु रे, लाउरे क्या मिठो गीत गायो, तिमीलाई हेर्ने कति,झिम्काई देउ परेली रिमिक्स लगायत गीत गाउदै उपस्थित सबैलाई नचाउन सफल भएका थिए| त्यस बेलाको वातावरण यस्तो रमणीय र मनोरञ्जनात्मक बनेको थियो कि उपस्थित सबैले गायक गायिकालाई स्टेज छाड्न नै दिएका थिएनन जसले गर्दा उनीहरुले दर्शकको अनुरोधमा दोराई तेहराई गीत गाएका थिए।

उपस्थित सबैले उकृष्ट कार्यक्रम भएको र आफूले सोचे भन्दा बढी मनोरञ्जन गरेको बताएका थिए। कार्यक्रमको अन्तमा हिरालाल श्रेष्ठको डिजेमा नेपाली डिस्को पनि चलेको थियो। गुणराज शर्माले संचालन र हिरालाल श्रेष्ठले म्युजिक सिस्टमको संयोजन गर्नु भएको उक्त कार्यक्रमको अन्तमा आयोजकको तर्फबाट शुभ आल्मेर लामाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने हुने स्वीस नेपाल समाज, रोधी साँझ स्वीजरल्याण्ड, स्वीसनेपाल डटकम, नेपालस्विस डटकम लगायत उपस्थित सम्पूर्ण मानुभावसंगै नेपालबाट आउनु भएका कलाकारलाई हार्दिक धन्यावादसहित आभार व्यक्त गर्नु भएको थियो।





Comments

comments

296