Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकामा नेपाली मुलका गुरुङ आयुक्तमा नियुक्त

विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया। अमेरिकाको वाशिंगटन राज्यका गवर्नर जे इन्सलीले नेपाली मुलका मोहन गुरुङलाई एसियन प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा नियुक्त गरेका छन्। ४० बर्षको ईतिहासमा पहिलो पटक उक्त पदमा मनोनित हुने पहिलो नेपाली मुलका गुरुङ सियाटल वाशिंगटनमा बसोबास गर्छन्।

मोहन गुरूङ
गुरुङले आफ्नो जीवनवृत्त चिकित्सा क्षेत्र अन्तर्गत बीर अस्पतालमा झन्डै डेढ दशक सेवा पुर्याएका थिए भने अतिरिक्त समयमा अनुसन्धान प्रतिष्ठानमा संलग्न थिए। १९९९ मा नेपाल सियाटल समाज स्थापना गर्दै बिभिन्न संस्थासंग आबद्ध रहेका गुरुङ हाल सपरिवार अमेरिकामा छन्।

बिगतमा नेपाल सरकारबाट रामेछाप र उदयपुरमा भएको भूकम्पमा मानवीय सहायता गरे वापत सम्मानित भएका थिए भने उत्तर पश्चिम एसियन साप्ताहिकबाट उच्च सहयोग गरे वापत सम्मानित भएका छन्। ३२ बर्षको ईतिहासमा यो सम्मान पाउने मोहन गुरुङ पहिलो नेपाली बनेका छन्।





Comments

comments

284