तमु समाज कुवेतले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न

ईन्द्र भुसाल / एचकेनेपाल डट कम-
कुवेत। रक्तदान जीबनदान भन्ने पवित्र भावनाका साथ तमू समाज, कुवेतले गत शुक्रबार २७ जुन २०१४ का दिन आयोजित दोश्रो रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। संस्थागत रुपमा सम्पूर्ण कुवेतवासी नेपालीहरुको प्रतिनिधित्व गर्दै, समाजले आव्ह्वान गरेको पवित्र कार्यमा नेपाली तथा बिदेशी गरी १०३ जना भन्दा बढीले रक्तदान गरेको थिए।

प्रमुख अतिथि: प्रथम सचिब तथा का.बा. राजदूत बिशाल भट्टराई (नेपाली राजदुताबास, कुवेत) र सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा. रानीय ईब्राहिम द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरिएको कार्यक्रममा का.बा. राजदुत बिशाल भट्टराई ले तमू समाजले गरेको यस मानविय कार्यको लागि आयोजक र सहभागी हुन आउने सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिन चाहन्छु भन्नुभयो । मन्तब्यकै क्रममा डा. वाफा मोहिरले मानविय जीबनमा यो भन्दा राम्रो कार्य अरु नहुने बताउँदै यहाँहरुको खुलेर स्वागत गर्दछु भनिन्।

समाजका सचिव राजु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक खोप गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने कार्यको तमू समाज, कुवेतले आजोजना गर्न गैरहेको र उक्त कार्यमा सहयोग गर्नुहुने नेपाली राजदुताबास, नेपाली सँघ-संस्था, बुद्धीजिबी एवं पत्रकार सबैलाईलाई धन्यवाद ज्ञापन गर्नु भयो।

तमू समाज, कुवेतले रक्तदान कार्यक्रममा व्यवस्थापन लगायत अन्य सहयोगिहरुको निम्न लिखित डाटा मिडियालाई उपलब्ध गराएको छ भने सम्पूर्ण रक्तदाताहरुको नामावली उपलब्ध जानकारी गराएको छ।

कार्यक्रम सम्योजक: खोप गुरुङ (अध्यक्ष, तमू समाज, कुवेत)
औपचारिक कार्यक्रम संचालक: राजु गुरुङ (सचिव, तमू समाज, कुवेत)
प्रमुख अतिथि: प्रथम सचिब तथा का.बा. राजदुत बिशाल भट्टराई (नेपाली राजदुताबास, कुवेत)
अतिथी सेन्ट्रल ब्लड बैंकका प्रतिनिधि: डा. रानीय ईब्राहिम
अन्य अतिथिहरु: बिभिन्न सँघ सस्थाका प्रमुखहरु साथै प्रतिनिधीहरु, बुद्धीजिबीहरु, पत्रकार ज्यूहरु र स्वयंसेबी रक्तदाताहरु
औपचारिक कार्यक्रमको समापन: मन्तब्य सहित सम्योजक खोप गुरुङ द्वारा गरिएको।

रक्तदान कार्यक्रमका बिशेष सहयोगीहरु
मुख्य प्रायोजक : बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेत
फलफुल सौजन्य : रानाध्वज लामा
जुस/पानी सौजन्य: सुरेन गुरुङ, बिनोद गुरुङ र भानु गुरुङ
बिस्कुट/स्वीट सौजन्य : प्रियन्का छेत्री
खर्बुजा (फलफुल) सौजन्य: कुमार गुरुङ र सुस्मा गुरुङ
पर्चा, पम्प्लेट, रक्तदान सम्बन्धी ब्राउचर प्रचार/प्रसार : राजु गुरुङ, गोपाल गुरुङ, डम्बर रिमाल, शिवराम पौडेल,
यातायात ब्याबस्थापन : धन प्रसाद गुरुङ, प्रेम गुरुङ, नबिन गुरुङ, दुत प्रसाद गुरुङ र सुरेन गुरुङ

स्वयंसेवी रक्तदाताहरुको तथ्यान्क
पुरुष स्वयंसेवी रक्तदाताहरु : ९३
महिला स्वयंसेवी रक्तदाताहरु : १०
जम्मा स्वयंसेवी रक्तदाताहरु : १०३ (एक सय तीन जना)

प्री मेडिकल चेक जाँचको क्रममा डाक्टर द्वारा तत्काल रक्तदान गर्न बेरुजु (Rejected) गरिएको ईच्छुक रक्तदाताहरुको सन्ख्या: १६ (सोह्र जना)

केही रोचक पक्षहरु:
नेपाली राजदुताबासका प्रथम सचिब तथा का. बा. राजदुत बिशाल भट्टराई द्वारा रक्तदान
गैर आवासिय नेपाली सँघ, कुवेतका अध्यक्ष धर्म राज गिरी द्वारा रक्तदान
भारतीय, पाकिस्तान र श्रीलन्काका नागरिकहरु द्वारा पनि रक्तदान

एक दम्पतीहरु द्वारा रक्तदान
१) बिक्रम थापा र नेहा थापा

सहोदर दाजुभाइ द्वारा रक्तदान
१) इष्टमान वाईबा ‘लामा भाई’ र पोस्टमान वाईबा

नोट : यदी कुनै रक्तदाताको नाम छुटन गएमा वा नाम गलत लेखिएको भए सम्बन्धित ब्याक्तिहरुले फोन न ६७०७२९४४ मा संपर्क गरी सच्याउन हुन अनुरोध गर्दछौ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

280