यूएईमा रहेका सिन्धुपाल्चोकवासीहरुको छुट्टै समाज गठन

उत्तम अधिकारी, मनोज नेपाल / एचकेनेपाल डट कम-
यूएई, रोजगारीको क्रममा यूएईमा रहेका सिन्धुपाल्चोकवासीलाई एकतृत गर्दै गाउँठाउँ र जिल्लावासीको हितका लागि सिन्धुपाल्चोक सेवा समाज यूएईको गठन भएको छ।

गत २७ जुन २०१४ शुक्रवारका दिन दुबईमा सम्पन्न एक भेलाले बिदुर न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गर्दै समिति गठन कार्यलाई पूर्णता दिएको हो। नवगठित समाजको मूल उद्देश्य रोजगारीका क्रममा यूएईमा रहेका नेपाली श्रमिकहरुलाई आइपर्ने समस्यामा यथाशक्य सहयोग पुर्याउने र आफ्नो जिल्लामा आइपर्ने बिभिन्न प्राकृतिक प्रकोप, महामारी तथा गरीब र असहाय जिल्लावासीहरुको सहयोगमा केन्द्रित हुनेछ।

समाजले चाडै नै यूएईमा रहेका सबै सिन्धुपाल्चोकवासी समक्ष आफ्नो पहुँच विस्तार गर्ने बताउदै यहाँ रहेका सम्पूर्ण जिल्लावासीलाई सम्पर्कका लागि आग्रह समेत गरेको छ। अलग अलग गाउँबाट आएका सबै जिल्लावासीलाई एकताको सुत्रमा बाँध्ने यस महान अभियानमा कोहि पनि छुट्न नहुने समाजका प्रथम उपाध्यक्ष दिपक राउत बताउछन्र।

पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरिएको उक्त कार्यक्रमको सुरुवात राष्ट्रिय गान बजाएर गरिएको थियो। तदर्थ समितीका संयोजक बिदुर न्यौपानेको सभापतित्व तथा समाजसेवी राजेश बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले न्यौपानेकै नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहने गरी कार्यसमिती चयन गरेको छ। जस अनुसार प्रथम उपाध्यक्षमा दिपक राउत, द्वितीय उपाध्यक्षमा बिमल गिरी, सचिवमा मनोज नेपाल, सह सचिव लक्ष्मण लामा, कोषाध्यक्ष सुश्री सुकु स्याङ्बो, सह कोषध्यक्ष सरोज न्यौपाने र सदस्यहरुमा युवराज भट्टराई, इश्वर गिरी, संजीमाया लामा, अशोक लामा, रेवन्त थापा, सरोज खड्का, चमेली लामा, रमेश राउत रहेका छन्| सोही भेलाले उत्तम अधिकारी, अमित पौडेल, राजेश बोहोरा र राजेश श्रेष्ठलाई समाजको सल्लाहकारमा चयन गरेको छ।

मनोज नेपालद्वारा संचालित सो कार्यक्रममा उपस्थित सदस्यहरुले आ-आफ्ना धारणा राखेका थिए। जिल्लावासीहरु बीच सहज सम्पर्क, समन्वय, आपसी सहकार्य र सहयोग आदानप्रदानका लागि समाज कोसेढुङ्गा सावित हुनेमा सबैले विश्वास व्यक्त गरे। यस अघि न्यौपानेकै संयोजकत्वमा यूएईमा रहेका सिन्धुपाल्चोकवासीको पहिचान गरी संस्था निर्माण र संचालनमा सकृय हुनेहरुको खोजी सहित पूर्ण कमिटी गठनका लागि एक तदर्थ समिती निर्माण भएको थियो। पूर्ण कमिटी गठन भएसंगै उक्त तदर्थ समिति भंग भएको छ।





Comments

comments

275