Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

असार १५: दहि चिउरा र सिर्जना उत्सव

बोष्टनगोवर्धन पूजा/ एचकेनेपाल डट कम-
१५ असार। सिर्जना उत्सव बोष्टनले आइतवार सिर्जना वाचनका साथमा १५ असार मनाएको छ।

हरेक अंग्रेजी महिनाको अन्तिम आइतवार बोष्टनमा आयोजना गरिने सिर्जना उत्सवमा यसपटक बोष्टन र न्युयोर्कका साहित्यकार र साहित्य प्रेमीहरूको सहभागिता रहेको थियो।

क्याम्ब्रिजको फिलोपिलो पार्कमा बार्बिक्यु र नेपाली परिकारका साथमा असार १५ को सम्झना स्वरूप दही चिउरा खाएर सिर्जना वाचन गरिएको हो। कार्यक्रममा ग्रेटर बोष्टन नेपाली समाजका अध्यक्ष मीलन गुरुङको कविता वाचनदेखि भीमदत्त चलचित्रका निर्देशक हिमग्याप लामा (टाशी) को मन्तव्यसम्म व्यक्त गरियो। अनु शाहको संयोजनमा भएको कार्यक्रममा पशुपतिनाथ बुद्ध फाउन्डेसनका अध्यक्ष विष्णुमणि आचार्य, मधुकर अधिकारी, मकेन्द्र सिंह, प्रकाश राणा, ज्ञानप्रकाश शर्मा, भैरवी थापा, आँशुलक्ष्मी राजभण्डारी मधुसुधन पौडेल, चिरन थापालगायतले कार्यक्रमलाई सहयोग र मन्तव्य व्यक्त गरे।

हरि थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दिनेश राजभण्डारी, राकेश काफ्ले, गोवर्धन पूजा, दीपा राई पुन, सन लिम्बु, धन लेप्चा, ममता कर्माचार्य, नवराज राई, अनु शाह, हरि थापालगायतले गीत, गज़ल र कविता सुनाए।





Comments

comments

270