बिरामीलाई आफ्नो क्लिनिकमा नपठाएको भन्दै डाक्टरद्वारा कुटपिट..

राजविराज। बिरामीलाई आफ्नो क्लिनिकमा नपठाएको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका एक डाक्टरले एक क्लिनिकका कर्मचारीलाई कुटपिट गरेका छन्।

कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेका सप्तरी डिजिटल ल्यावमा कार्यरत रञ्जित यादवलाई थप उपचारको लागि विराटनगर पठाईएको छ। यादवको अवस्था गम्भीर रहेको छ।

अस्पतालमा करारमा कार्यरत डा. प्रानेशकुमार यादवको कुटपिटबाट यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले बताउनुभयो । हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यादवको खोजि भईरहेको जनाइएको छ। नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

28880