७ महिनादेखि तलब नपाएपछि कर्मचारी आन्दोलित

काठमाडौं, सात महिनादेखि तलब नपाएपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन्।

उनीहरुले आइतबार प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाउँदै वैशाख २५ देखि तलबभत्ताबिना काम गर्न नसक्ने चेतावानी दिए।

प्रतिष्ठानमा नेपाल सरकारका ५३ स्थायी र २४ करार कर्मचारी छन् । गत असोज १२ मा साबिक राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तण भएपछि स्वास्थ्य मन्त्रालयले उनीहरुको अर्को व्यवस्था नभएसम्म प्रतिष्ठानमै काम गर्न निर्देशन दिएको थियो । प्रतिष्ठानले तलब खवाउन चासो नदिएपछि बेखर्ची भएका उनीहरु अघिल्लो वर्षको रात्रिकालीन सेवा, हाजार्ड सार्वजनिक बिदाको भत्ता पन िपाउन नसकेको गुनासो गर्छन्। दुर्गालाल केसीले यो समाचार कान्तिपुरमा लेखेका छन्।





Comments

comments

28896