साहित्य सन्ध्यामा पुरस्कार सम्मान तथा पुस्तक विमोचन

लण्डन, ५ मे। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले नेपाली नयाँ वर्ष २०७६ आगमनको अवसरमा ३०औँ साहित्य सन्ध्याको आयोजना गरी पुस्तक विमोचन तथा पुरस्कार सम्मान र साहित्य एवं गीतसंगीतको समिश्रण कार्यक्रम सम्पन्न गरेको छ।

नर्थ लण्डन वएम्लीस्थित वएम्ली रेस्टुरेन्टमा आयोजना गरिएको साहित्यिक समारोहमा पुरस्कार सम्मान सुशोभन तथा पुस्तक विमोचन गर्नुहुँदै समारोहका प्रमुख अतिथि परिषद्का वरिष्ठ सल्लाहकार डा.राघव प्रसाद धिताल “OBE” ले नेपाली नयाँ वर्षको आगमनसँगै सर्जकहरूको सम्मान र सिर्जनाको विमोचन गर्न पाउंदा आफूलाई खुसी लागेको कुरा बताउनु भयो । राज नेताहरूले संगठन गरेर समाज र देशको विकास गर्छन् भने लेखक साहित्यकारहरूले कलमले समाजको चेतनाको विकास गर्छन् भन्नुहुदै प्रमुख अतिथि डा.धितालले बेलायतमा साहित्यिक गतिविधिको आरम्भ नेपाली साहित्य विकास परिषदले गरेर इतिहास रचेको छ भन्नु भयो।

यसैगरी विशिष्ट अतिथि वरिष्ठ साहित्यकार पूर्वमन्त्री बलदेव शर्मा मजगैँयाले समयको अभावमा पनि नेपाली साहित्यको आकाश फराकिलो बनाउन विदेशमा बसेका नेपालीहरूको योगदान अनुकरणीय रहेको चर्चा गर्नुहुँदै अभिनन्दन सम्मानका लागि आभार व्यक्त गर्नु भयो।

विशिष्ट अतिथि नेपाली राजदूतावासका द्वितीय सचिव कवि लव सुवेदीले बेलायतमा नेपाली माटोको माया फैलाउने ऐतिहासिक कार्य नेपाली साहित्य विकास परिषद्ले गरेको छ र यस अभियानमा आफू पनि सहागी हुन पाएकोमा आफूलाई गर्व लागेको चर्चा गर्नुहुँदै आफूले गरेको सानो योगदानलाई पनि ठूलो सम्झेर पुरस्कृत गर्नुभएकोमा आफूमाथि थप जिम्मेवारी थपिएको अनुभूति भएकोछ भन्नु भयो।

अर्का विशिष्ट अतिथि वक्ता युवा साहित्यकार निर्मलकुमार थापाले साहित्यिक माहोलमा नयाँ वर्ष मनाउँन पाउँदा आफूलाई बढो आनन्द अनुभूति भइरहेको र अभिनन्दन सम्मान गरेर आफूले साहित्यमा खर्चेका श्रमको लेखो राखिदिनु भएकोमा आभार व्यक्त गर्दछु भन्नुहुँदै बिदेशी भूमिमा नेपाली पहिचान सिञ्चित गर्ने नेपाली साहित्य विकास परिषद्को कार्य अत्यन्तै सह्रानीय रहेको कुरा चर्चा गर्नु भयो।

यसैगरी समारोहमा यती संस्थाका नव निर्वाचित अध्यक्ष तथा परिषद्का वरिष्ठ सहअध्यक्ष कवि ध्रुव केसीले नेपाली साहित्यको बारीमा मलजल गर्न परिषद्को स्थापनाकालदेखि नै आफू संलग्न हुन पाएकोमा आफूलाई गर्व लाग्ने गरेको कुरा चर्चा गर्नुहुँदै पुरस्कृत, सम्मानित र विमोचित कृतिका सबै सर्जक साहित्यकारहरूमा वधाई ज्ञापन गर्नु भयो।

सभापतिको आसनबाट वोल्नुहुँदै परिषदका अध्यक्ष कवि कोमल मल्लले प्रत्यक वर्ष नेपाली नयाँ सालको आगमनमा आयोजना गरिने साहित्य सन्ध्या कार्यक्रम भित्र साहित्य सर्जकहरूमा नौलो उर्जा थपियोस भन्ने चाहाना रहेको चर्चा गर्नुहुँदै सम्मान र पुरस्कारका घोषणा सबै साहित्य उब्जनीका बेर्ना हुन भन्नु भयो।

यस अघि पुरस्कार घोषणा तथा सम्मानित व्यक्तित्वहरूबारे प्रकाश पार्नु हुँदै परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष साहित्यकार सुरेश जंग शाहले नेपाली भाषा साहित्यको गोडमेल गर्ने मेहनती सर्जकहरूको पहिचान गरेर सम्मानित गर्नु वा पुरस्कृत गर्नु भनेको नेपाली साहित्यको फाँटलाई अँझ मलिलो र उर्वरा बनाउनु हो भन्ने विश्वासले नै नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाकाल १९९५ देखि नै बिभिन्न पुरस्कार र सम्मानको व्यवस्था गरेको चर्चा गर्नु भयो।

समारोहको आरम्भमा स्वागत भाषण गर्नुहुदै परिषदकी उपाध्यक्ष कवयित्री डा.सुधा श्रेष्ठले हरेक वर्ष नयाँ साल आउँदा नेपाली साहित्य विकास परिषद्ले यसरी नै साहित्य सन्ध्या कार्यक्रमको आयोजना गरेर सुख शान्तिको कामना गर्ने गरेको चर्चा गर्नुहुँदै समारोहमा सहभागी सबै अतिथिहरूमा स्वागत र सराहाना गर्नु भयो।

धन्यवाद मन्तव्य दिनुहुँदै परिषदका कोषाध्यक्ष कवि मनोज अन्जानले भाषा, साहित्य, संकृति जस्ता नेपाली पहिचानहरूलाई जीवन्त राख्न समाजका हरेक सदस्यहरूबाट दिइने सहयोगले संस्थामा ठूलो सहयोग पुग्ने विचार प्रकट गर्नुहुँदै आर्थिक सहयोग गर्नुहुने परिषदका प्रमुख सल्लाहकार डा.राघव प्रसाद धिताल “OBE”तथा डा.जनक कुमारी धिताल, सल्लाहकार घन बहादुर थापा मगर तथा कृष्णा थापा मगर, गीतसंगीत प्रस्तुति संयोजन गर्नुहुने कोसेली संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा,परिषद्का उपाध्यक्ष कलाकार वसन्त रायक्षेत्री,कलाकार प्रमोद शर्मा,कलाकार मनोज अन्जान व्यवस्थापन सहयोग गर्नुहुने अोम तामाङ् तथा वएम्ली रेस्टुरेन्ट परिवार, अतिथि संयोजन गर्नुहुने कलाकार तथा कवि लेखक सुरेन्द्र श्रेष्ठ र पत्रकार भगिरथ योगी लगायत सहभागी सबैमा धन्यवाद ज्ञापन गर्नु भयो।

राष्ट्रिय गानबाट आरम्भ गरिएको उक्त साहित्यिक कार्यक्रमामा सन् २००४ देखि २००८ सम्म परिषद्ले संचालन गरेको नेपाली भाषा साहित्य जागरण अभियानमा अभिछिन्नरूपमा सक्रिय सहभागी रहनु भई कुटनीतिक क्षेत्रबाट नेपाली साहित्यको श्रीवृद्धि गर्न योगदान पुराउनु भए बाफत नेपाली राजदूतावास बेलायतका द्वितिय सचिव कवि लव सुवेदीलाई विशिष्ट साहित्य सम्वर्धन पुरस्कार द्वारा शुसोभित गरिएको थियो भने आ-आफ्नो क्षेत्रबाट नेपाली साहित्यको श्रीवृद्धि गर्नुहुने नेपालबाट पाल्नु भएका वरिष्ठ द्वय साहित्यकार पूर्वमन्त्री बलदेव शर्मा मजगैँया र युवा साहित्यकार निर्मलकुमार थापालाई साहित्य अिभनन्दन सम्मानले सम्मानित गरिएको थियो।

समारोहमा भाषा साहित्यको अभिवृद्धिमा संस्थागतरूपले निरन्तर योगदान पुराउनु हुने परिषदकी उपाध्यक्ष कवयत्री डा.सुधा श्रेष्ठ र रमेश श्रेष्ठ दम्पतिलाई विशिष्ट सम्मान-पत्रद्वारा सम्मानित गरिएको थियो।

यस अघि परिषद्का अध्यक्ष कोमल मल्ल, पूर्वअध्यक्ष वरिष्ठ साहित्यकार हरिसंह थापा,सहअध्यक्ष द्वय कवि गोकुल भण्डारी र कवि रेशम अर्यालले पुरस्कार सम्मान पत्र र अभिनन्दन सम्मानपत्र वाचन गर्नुभएको थियो।

यसैगरी श्रीङ्खलावद्धरूपमा अडियो पुस्तक प्रकाशन गरी नेपाली भाषा साहित्यको श्रीवृद्धि गराए बाफत परिषद्का पूर्वअध्यक्ष कवि खगेन्द्र नेपालीलाई एन एल डि सि साहित्य पुरस्कार २०१८ र रेडियो संचारबाट निरन्तररूपमा नेपाली भाषा साहित्यको श्रीवृद्धि गराए बाफत बिएफबिएस गोर्खा रेडियोका संचालक सम्पादक योगराज राईलाई एन एल डि सि साहित्य पुरस्कार २०१९ प्रदान गरिएको घोषणा गर्दै यी दुबै पुरस्कार आगामी वर्ष शुसोभन गरिने जानाकारी परिषदका संस्थापक पूर्वअध्यक्ष तथा पुरस्कार सम्मान समितिका संयोजक सुरेश जंग शाहले गराउनु भयो । परिषदमा यो साहित्य पुरस्कारको ट्रष्ट परिषद्का अध्यक्ष कवि कोमल मल्ल र पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्लले आ-आफ्ना बुबामुमाका नाममा सन् २०११ बाट स्थापना गर्नु भएको हो।

समारोहमा परिषद्की नवनियुक्त सह महासचिव कथाकार डा.संगीता स्वच्छा को को कथा संग्रह गुलाफसँगको प्रेम पुस्तकको विमोचन प्रमुख अतिथि वरिष्ठ सल्लाहाकार डा. राघव प्रसाद धिताल, विशिष्ट अतिथिहरू वरिष्ठ साहित्यकार पूर्वमन्त्री बलदेव शर्मा मजगैँया, नेपाली राजदूतावास बेलायतका द्वितिय सचिव कवि लव सुवेदी,युवा साहित्यकार निर्मलकुमार थापा,यती संस्था अध्यक्ष ध्रुव केसी र परिषद्का अध्यक्ष कोमल मल्लले संयुक्तरूपमा गर्नु भएको थियो।

विमोचित पुस्तक माथि विवेचना गर्नुहँदै द्वय वक्ता अन्तराष्ट्रिय साहित्य समाजका भुतपूर्व उपाध्यक्ष कृष्ण बजगाँई र युवा साहित्यकार निर्मलकुमार थापाले कथाकार डा. संगीता स्वच्छाले आफ्नो कथा संग्रह गुलाफसँगको प्रेम भित्र समाजका विविध घटना क्रमलाई संगालेकि छन् भन्नुहुँदै कथा पढेर समाजलाई बुझ्नुहुन आग्रह गर्नु भयो।

विमोचित कृति गुलाफसँगको प्रेम कथा संग्रहकी लेखिका परिषद्की सहमहासचिव डा.संगीता श्रेष्ठले आफ्ना कथाहरू समाज भित्रको नै विविध हिस्सा भएको र सामाजमा जोकोहीले महसुस गर्ने अनुभूति भएको कुरा चर्चा गर्नुहुँदै प्रकाशन र विमोचनमा सहयोग पुराउनु हुने सबैमा आभार व्यक्त गर्नु भयो।

साहित्य र गीतसंगीतको मिस्रण रहेको उक्त साहित्य सन्ध्याको दोस्रो चरणमा कोसेली नेपाली साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा ,परिषद्का उपाध्यक्ष कलाकार वसन्त रायक्षेत्री,कलाकार प्रमोद शर्मा र कलाकार मनोज अन्जान,पबीता बराईली लगायतका कलाकारहरूले सुमधुर गीतसंगीत प्रस्तुत गरेर श्रोता दर्शकहरूलाई मन्त्रमुग्द पारेका थिए।

यसैगरी कविता वाचन तर्फ भाग लिने कविहरूमा वसन्त रायक्षेत्री,हरिसंह थापा, सुरेन्द्र श्रेष्ट,डा.सुधा श्रेष्ठ, घनबहादुर थापा मगर, मनोज अन्जान, खगेन्द्र नेपाली, ध्रुव केसी, डा. संगीता श्रेष्ट, गोकुल भण्डारी, सीता भण्डारी कँडेल, रेशम अर्याल र कोमल मल्ल हुनुहुन्थ्यो। कार्यक्रमको अन्त्यमा रमाईलो रात्रिभोज सम्पन्न भएको थियो।





Comments

comments

28917