विमान दुर्घटनामा ४१ को मृत्यु, विमानभित्रै जले आधा यात्रु (भिडियोसहित)

काठमाडाैं, रुसको राजधानी मस्कोमा एक विमान दुर्घटना हुंदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ।

आपतकालीन अवतरणको क्रममा विमानमा आगलागी भएको हो। एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा ७८ यात्रु र चालक दलका ५ सदस्य थिए । अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उडेको केहीबेरमै विमानमा प्राविधिक समस्या देखिएपछि विमान फर्काएको थियो। आकस्मिक अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो। रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित ३३ व्यक्तिको नामावली प्रकाशित गरेको छ।

सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर हाम्फाल्दै गरेको देख्न सकिन्छ।

मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गर्दा विमानमा प्राविधिक समस्या देखिएपछि फर्काएर आकस्मिक अवतरण गर्दै थियो।





Comments

comments

28902