Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
काठमाडौं महानगरलाई चीनले दियो दुई ब्रुमर – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

काठमाडौं महानगरलाई चीनले दियो दुई ब्रुमर

चीनको छेन्दु नगरले काठमाडौं महानगरपालिकालाई दुईवटा ब्रुमर हस्तान्तरण गरेको छ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा छेन्दु नगरका उपप्रमुख निउ छिङ्पाओेले मेयर विद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरे।

ब्रुमरको साँचो बुझेपछि शाक्यले छेन्दु नगरबाट उपहारस्वरूप प्राप्त ब्रुमरको सहयोगले काठमाडौंको वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने बताए । ‘यो आपसी हितको उदाहरण हो । म काठमाडौंका जनताका तर्फबाट छेन्दुका जनतालाई धन्यवाद दिन चाहन्छु,’ शाक्यले भने, ‘आगामी दिनमा हामी पर्यटन, सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रका कार्यक्रमलाई आवश्यकताका आधारमा अघि बढाउँछौँ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण गर्दा आफू पनि सहभागी रहेको र सोही वेला छेन्दु नगरले ब्रुमर दिने बताएको स्मरण गरे । ब्रुमर युरो ५ मापदण्डका हुन्।

महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटर चौडाइका ब्रुमरमा २ वटा इन्जिन छन् । धुलो र पात पतिंकर संकलन गर्न प्रयोग गर्न सकिने हरेक बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ। यो खबर नयाँ पत्रिकामा छापिएको छ।





Comments

comments

29974