हङकङः मङ कङमा प्रदर्शनकारी र प्रहरीबीच झडप, दर्जनौं घाइते ५ पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ ८ जुलाई। प्रस्तावित सुपुर्दगी कानुनको विरोधमा चिम सा चुईमा व्यापक प्रदर्शनपछि मङ ककमा पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुंदा दर्जनौं घाइते भएका छन्।

आइतवार राति विरोध प्रदर्शन भएको स्थानबाट प्रहरीले ५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

मङ कङ आउनुअघि प्रदर्शनकारीहरुले नाथन रोड कब्जामा लिएका थिए। प्रहरीले बल प्रयोग गर्दै मङ कङबाट प्रदर्शनकारीलाई हटाएका छन्।

जुलाई १ तारिख ठूलो मानवीय क्षति हुने सम्भावना देखेर प्रहरीले प्रदर्शनकारीहरुलाई नरोक्दा उनीहरुले संसद (विधान परिषद) भवनभित्रै पसेर तोडफोड गरेका थिए। सरकारले यस घटनालाई अराजक र आतंककारी गतिविधिको संज्ञा दिएका थिए।

प्रस्तावित सुपुर्दगी कानुन पूर्णरुपमा खारेजी हुनु पर्ने मागसहित हङकङमा व्यापक विरोध प्रदर्शनहरु भइरहेका छन्। आइतवार चिम सा चुईमा भएको विरोध प्रदर्शनमा २ लाख ३० हजार सहभागी भएको आयोजकले दाबी गरेको छ। प्रहरीले भने ५६ हजारमात्र प्रदर्शनकारी सहभागी भएको जनाएको छ।

फोटो सौजन्यः सीएनए

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

30381