गुरुको आफ्नै छात्रामाथि गिद्दे नजर, छात्राको यस्तो छ आरोप…

त्रिभुवन विश्वविद्यालयका एक उपप्रध्यापकमाथि छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित विषय पढाउने उपप्रध्यापक जगदिश मूर्ति कोइरालामाथि यस्तो आरोप लागेको हो।

उनीविरुद्ध त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग र महानगरीय प्रहरी परिसर कीर्तिपुरमा उजुरी परेको छ। उजुरीकर्ता छात्रा स्नातकोत्तर तह तेस्रो समेस्टरमा पढिरहेकी छिन्।

कोइरालाले पहिलो सेमेस्टरदेखि नै आफूलाई भेटेमात्र परीक्षामा उत्तीर्ण हुने अन्यथा पढाइ नै बिगारिदिने धम्की दिएको उजुरीकर्ता छात्राले आरोप लगाएकी छिन्। कोइरालाले टेलिफोन र फेसबुक च्याटसमेतमा सताउने गरेको छात्राले आरोप लगाएकी छिन् । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन्।





Comments

comments

30388