Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कैलालीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्‍या १२ पुग्‍यो

एचकेनेपाल डट कम सम्वाददाता–
कैलाली, १३ मंसिर। कैलालीको सहजपुर-२ भासुभिर नजिकै भएको बस दुर्घटना हुंदा मृत्यु हुनेहरुको संख्या १२ पुगेको छ।

मृत्यु हुनेमा डोटीको डौड गाविसका ५२ वर्षीया विस्ना भण्डारी, ४० वर्षीया तिपरी नागरी, ३५ वर्षीया तुली नागरी, ४० वर्षका रेनुवा लुवार, ३० वर्षका टेकबहादुर बोगटी, वर्ष ४० का जंगबहादुर बोगटी, वर्ष ४० का विरे लुहार र डोटीको गटुवाका ३३ वर्षका प्रेम बहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत्यु भएका अन्य चार जनाको अझै सनाखत हुन सकेको छैन। दुर्घटनामा ८ जनाको घटनास्थलमा र अन्य ४ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार डोटीको दिपायलबाट महेन्द्रनगर जाँदै गरेको ना.५.ख ५४२० नम्बरको रात्रि बस राति १ बजे दुर्घटना भएको हो।

बस भीमदत्त पन्त राजमार्गको सहजपुरमा भासे भीर नजिकै सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। टायर पंक्चर भएर बस नियन्त्रण बाहिर गएर बस दर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।





Comments

comments

3070