नेपाली विश्व सम्पदालाई खतराको सूचीमा पर्नबाट जोगाउने चीन…

फाईल फोटो

नेपालको विश्वसम्पदा क्षेत्रप्रति चासो देखाउँदै विश्वका नौ राष्ट्रले नेपालको सम्पदा खतराको सूचीमा पर्नबाट जोगाइदिएका छन्।

सहयोगी मुलुकहरु हुन्– चीन, इन्डोनेशिया, जिम्वावे, कतार, तान्जानिया, ब्राजिल ग्वाटेमाला, क्युवा र अंगोला।

यी राष्ट्रले नेपालको विश्वसम्पदा क्षेत्रलाई खतराको सूचीमा राख्न नहुने दवाव दिएपछि युनेस्को समितिले खतराको सूचीमा नराख्ने निर्णय गरेको छ।

इन्डोनेशिया युनेस्को कार्यकारी समितिको अध्यक्ष हो । यसअघि युनेस्कोले उपत्यकाको सातवटा विश्वसम्पदा क्षेत्र खतराको सूचीमा राख्ने पाचौं पटकको प्रस्ताव विफल भएको छ । युनेस्कोले भूकम्प लगत्तै सन् २०१५ हरेक वर्षको सेक्सनदेखि गएको वर्षसम्म उपत्यकाको सात क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिदै आएको थियो।

१५–२५ असारमा अजरबैजानको बाकुमा सम्पन्न ४३औं विश्वसम्पदा सेक्सनले उपत्यकाको काठमाडांै, भक्तपुर, पाटन दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भु, पशुपति र चाँगुनारायण क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो । यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन्।





Comments

comments

30769