कानुनविपरित सभामुखलाई २८ जना सुरक्षाकर्मी

फाईल फोटो

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ।

तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकमी खटाइएको छ।

सभामुख महराले २८ जना सुरक्षाकमी पाएका छन् तर उनी हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन्।

दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिएपनि सभामुखले भने अझै बढी सुरक्षाकमी पाएका छन् । दुवै पदाधिकारको अगुवा, पछुवा र क्याटरमा सो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । यो समाचार ईश्वरी सुवेदीले नागरिक दैनिकमा लेखेका छन्।





Comments

comments

30772