बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ९० पुग्यो, अझै २९ बेपत्ता

फाईल फोटो

काठमाडौँ, वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

विपदमा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए। उनका अनुसार झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ। विपद्मा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन्।
ललितपुर-६
सिराहा-६
मोरङ-५
भोजपुर-५
धनुषा-५
मकवानपुर-५
सिन्धुली-५
ओखलढुंगा-४
होत्तरी-४
डोल्पा-४
झापा-३
खोटाङ-३
पर्सा-३
काभ्रेपलाञ्चोक-३
काठमाडौँमा-३
सुनसरी-२
बारा-२
धादिङ-२
दाङ-२
इलाम-१
पाँचथर-१
संखुवासभा-१
उदयपुर-१
सर्लाही-१
रामेछाप-१
पाल्पा-१
कपिलवस्तुमा-१
बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा ७, इलाम, मोरङ र सिन्धुलीमा ३/३ जना छन्। अहिलेसम्म सर्लाहीमा दुई हजार ४००, रौतहटमा एक हजार ११०, बारामा एक हजार ६६५, पर्सामा १२०, सिराहामा ५००, मोरङमा एक हजार ५३९ लगायत विभिन्न जिल्लामा गरेर झण्डै १० हजार घर विस्थापित भएको केन्द्रले जनाएको छ।

अहिले राहत वितरण र भौतिक संरचना पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयाससमेत जारी रहेको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयले वर्षा घटेकाले जनजीवन सामान्य हुँदै गएको जानकारी दिएको छ। रासस





Comments

comments

30557