काठमाडौँ: भारतीय चर्चित गायक कैलाश खेरले नेपालको सत्याकृत ब्याण्डसँग ‘भक्तिका चन्दन’ बोलको हिन्दी गीत गाएका छन्।
सुर साधुको शब्द तथा संगीतमा तयार गरिएको गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन्।
हालै उदित नारायण झासंग ‘होशमा बेहोसी’ सार्बजनिक गरेको सत्याकृतले गुरु पूर्णिमाको अवसर पारेर यो गीत सार्वजनिक गरेको छ।
गीतको रेकर्डिङ मुम्बईको प्रशिद्ध रेकर्डिङ स्टुडियो कैलाशा स्टुडियोमा गरिएको थियो भने यसको मिक्सिङ मास्टरिङ बलिउडका प्रख्यात साउण्ड ईन्जिनियर आमिर शेखले गरेका हुन्।
सत्याकृत व्यण्ड नेपालमा आफ्नै छुट्टै विशेषता बोकेको सङ्गितलाई लिएर प्रख्यात छ। यो ब्याण्डले सत्य प्रेम एवम् शान्तिको भाव बोकेको गीत सङ्गीत सृजना गर्दै आईरहेको छ।
https://youtu.be/orZh_UJ2uAk