गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ। सुनजडित सो लोगो चीनबाट ल्याइएको हो।
यस अगाडि प्रदान गरिएको लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ । लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ।
यसअघिको लोगोको मूल्य १९५ रुपियाँ मात्र थियो। नयाँ लोकोको मूल ६ हजार ५०० छ। लोगोधित्र प्रयोग गरिएको धानको बाला सुनको रहेको छ।
लोगो तथा सिफारिस समितिले गत साल गण्डकी प्रदेशको लागो सार्वजनिक गरेको थियो । यो समाचार गोखरखापत्र दैनिकमा रमेश पौडेलले लेखेका छन्।