हङकङ समाचारः प्रहरी भ्यान यस्तो अवस्थामा दुर्घटना

दुर्घटनाग्रस्त प्रहरी भ्यान। फोटोः फेसबूक

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ ३० जुलाई। एक प्रहरी भ्यानले डबल-डेकर बस, एक कार र डिलिवरी भ्यानलाई सोमबार साँझ चुन क्वान ओस्थित पो लाम रोडमा ठक्कर दिंदा तीन प्रहरीसहित ५ जना घाइते भएका छन्।

क्षतिग्रस्त बस। फोटोः अन सीसी

दुर्घटनामा तीन प्रहरी अधिकारी पुरुष चालक, एक पुरुष र एक महिला अधिकारी, बस चालक र कार चालक घाइते भएका छन्।

घाइते प्रहरी। फोटोः अन सीसी

प्रहरी भ्यान पल्टेपछि भ्यानभित्र अड्केका प्रहरी अधिकारीहरूलाई उद्धार गर्न धेरै मान्छे तत्काल जुटेका थिए। अग्नि सेवा विभागका अनुसार सात अग्नि नियन्त्रक गाडी र सात एम्बुलेन्सहरू घटनास्थल पुगेर उद्धार गरिएको थियो।

घाइतेहरूलाई उपचारको लागि चुन क्वान ओ र युनाइटेट क्रिस्टेन अस्पतालमा लगिएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31022