डेंगुले छोप्यो मन्त्री खनाललाई, आईसीयूमा राखेर उपचार गरिदै…

मन्त्री खनाल

‘डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ।

खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा भर्ना हुनुभएको छ । मन्त्री खनाल मंगलबार साँझ टाउको दुख्ने र ज्वरो आउने समस्यापछि परीक्षणका लागि निदान अस्पताल पुग्नुभएको थियो। अस्पतालले उहाँलाई शुक्रबार ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगुको परीक्षण गराउन पठाएको थियो।

अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रपाणी पाण्डेकाअनुसार मन्त्री खनालको उपचारका लागि विशेष टोली बनाएर खटाइएको छ। मन्त्री खनालको अवस्था सामान्य रहेको र उपचार जारी रहेको समयमा भेटघाट बढी भएकाले नियन्त्रण गर्न गाह्रो भएर आईसियूमा सारिएको पण्डेले जानकारी दिनुभयो। यो समाचार नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31748