स्वर्ण पदक विजेता नेपाली सेनालाई नेपाली दूतावास लण्डनमा सम्मान

रोशन मेवाहाङ / एचकेनेपाल डट कम –

लण्डन। संयुक्त अधिराज्य वेलायतमा हरेक बर्ष हुने सैनिक पट्रोल प्रतिस्पर्धा ‘क्याव्रियन पट्रोल २०१९’ का स्वर्ण पदक विजेता नेपाली सेनालाई नेपाली दूतावास लण्डनले विशेष सम्मान गरेको छ।

सम्मान कार्यक्रममा दूताबास लण्डनका राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु) र नेपाली सेनाका तर्फबाट सहायक रथि कुमारबाबु थापाद्वारा संयुक्त रुपमा ‘क्याव्रियन पट्रोल २०१९’ का विजेता नेपाली सेनाहरुलाई सम्मान गर्दै राजदूत सुवेदीले भने, ‘नेपाली सेनाको शान, मान, प्रतिष्ठा र अथक प्रयासका कारण विश्वभर छरिएका नेपालीहरुको शिर सधै उच्च रहने छ।’

नेपाली सेनाका टिम प्रबन्धक प्रमुख सेनानी असिमदेव गुरुङ र टिम कमाण्डर सह–सेनानी कसम श्रेष्ठ, व्रिगेड अफ गोर्खाजका व्यवस्थापनलगायत समूहलाई डा. दुबसुले दूताबास लण्डन र नेपाल सरकारको तर्फबाट विशेष सम्मान गरेका थिए।

सम्मान कार्यक्रममा प्रमुख सेनानी गुरुङले दूताबास लण्डनलाई श्री पशुपतिप्रसाद गण तथा ‘क्याब्रियन पट्रोल २०१९’ का तर्फबाट संझना स्वरुप मायाको चिनो दिएका थिए। बेलायतकालागि नेपाली सेना अधिकृत सहायक रथि थापाले नेपाली सेनाहरुलाई दूताबास लण्डनको कार्य शैली, भिषा प्रक्रिया र परिसरको अवलोकन गराएका थिए।

कार्यक्रममा निरोज अधिकारीले भने, ‘नेपाली सेनामा हुने हरेक बर्षको आन्तरिक प्रतियोगिताको नतिजाले यो प्रतिस्पर्धामा भाग लिन अवसर मिलेको हो ।’ गणपतिको सैन्य नीति र बेलायती पहिलो गोर्खा रेजिमेन्टको व्यवस्थापन र बटालियनका तालिम प्रशिक्षक कलर साजन्र्ट खोविन्द्र गुरुङको अथक अभ्यासका कारण उपाधि प्राप्त भएको हो।

नेपाली सेनाका धुर्ब अधिकारीले भने, ‘बेलायती मौसम, डाँडाकाँडा र खोलानालाले जति चुनौती दिए पनि हामी नेपाली सेनाले जसलाई यात्रा संझेर अघि बढिरह्यौं आखिर त्यो नै हाम्रो सफलता बन्यो।’

वेल्सस्थित बेलायती सेनाको अत्यन्त कठिन तामिक केन्द्र जहाँ मौसमको चुनौती र भौगोलिक क्षेत्रमा हुने यस प्रतिस्पर्धी सहभागीहरुले करिब ५० पाउण्ड तौल र लगभग ५० किलोमिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए।





Comments

comments

32323