इटहरीमा मेलिनाले नचाईन्…

मेलिना राई

एचकेनेपाल डट कम संवाददाता –

इटहरी – रातो टिका निधारमा टलक्कै टल्कियो गुनगुनाउदै शुक्रबार साँझ करीब नौ बजे इटहरीस्थित जनता स्कुलको मैदानमा नेपालआइस प्रादेशिक संगीत यात्राको स्टेजमा अहिलेकी सर्वा्धिक ब्यस्त तथा चर्चित गायिका मेलिना राई देखापरेपछि सम्पूर्ण दर्शकहरु रात कटेको पर्वाह नगरी उनलाई हुटिंग गर्दै स्वागत गर्न थाले।

दोस्रो पटक इटहरी आएकी मेलिना पनि दर्शकको साथ पाएपछि आफू एकदमै बिरामी भएको भन्दै आज म भन्दा नि बेसी तपाईहरुले गाएर साथ दिनुपर्छ है भन्दै म बजाउंछु मुरली तिरिरी नाच फिरिरीबाट कार्यक्रम को सुरुवात गरिन्। सुरुमा बिरामीले निक्कै अफ्ठ्यारो गरि गाउँदै गरेकी गायिका मेलिना गाउँदै गएपछि लगातार डेढ घण्टासम्म नाइँ नभन्नु ल, पिरतीको मिठो तिर्शाना, परि जस्तो उड्न पाए , टिक टकमा, माछीले खाने खोलीको लेउ ,कुटुमा कुटु सुपाडी दाना जस्ता आफ्ना १ दर्जन भन्दा बढी गीतहरु गाईन भने दर्शकहरुले पनि मेलिनासंगै नाच्न र गाउनमा भरपुर साथ दिए। २/३ वटा मात्र गीत गाउछु भनेको स्टेज चढेपछि दर्शहरुको साथ देखेर नगाइ निस्कने सकिनँ – मेलिनाले कार्यक्रम पछि भनिन्।

साढे सातबाट सुरु भाको कार्यक्रमको सुरुवातमा धरानमा आयोजन भैरहेको स्टेट वन सिन्गिंग आइडलका प्रतिस्प्रधीहरु सुदेश राई, जस्मिन बराल, शोभा तामांग र हिमाल मगरले आफ्नो गायन प्रस्तुत गरेका थिए।

त्यस्तै एक दशकअघि अहिलेसम्म अन्डरग्राउण्ड हिट गीत गए मेरा गाँजा खाने दिनहरुका गायक सौरभ भट्टराईले उक्त हिट गीतसंगै आफ्ना अन्य गीतहरु सुनाएका थिए भने गायक एपी शेर्पाले सम्झनाले आजभोलि , सेलोमा , आगे आगे र वारी जमुना गीत प्रस्तुत गरेका थिए। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कार्यक्रम संचालन इक्सा मादेनले गरेकी थिईन्।

नेपालको संबिधानले गठन गरेको सातवटा प्रदेशको मुख्य ७ वटा शहरहरुमा संगीतको माध्यमबाट मनोरंजन दिने अभिप्रायले नेपालआइसको प्रयोजनमा नेपालआइस प्रादेशिक संगीत यात्रा कार्यक्रम आयोजना गरिएको हो। यो कार्यक्रमको सुरुवात प्रदेश न. ५ को प्रमुख शहर बुटवलबाट गत चैत्रमा सुरु गरिएको थियो र प्रदेश न . १ को इटहरीको यो दोस्रो कार्यक्रम हो। अब छिट्टै बाँकी प्रदेशको मुख्य सहरहरुमा पनि कार्यक्रमको आयोजना गरिने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए।





Comments

comments

32440