३१ देशका प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रियारानी बनिन् मिस कस्मोपोलिटन वर्ल्ड

उपाधि विजेता प्रियारानी लामा (बीचमा)

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान। मलेसियाको क्वालालम्पुरमा शुक्रबार सम्पन्न मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को ग्राण्ड फिनालेका लागि नेपालका प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रेकी प्रियारानी लामाले मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को ताज पहिरिन सफल भएकी छिन्।

उनले ३१ देशकाप्रतिस्पर्धीहरुलाई पछि पार्दै सो उपाधि हासिल गरेकी हुन्।

बिजेता प्रियारानीलाई गत वर्षकी बिजेता कोरियाकी सोयेन लिमले ताज पहिराई दिएकी थिइन्। प्रिया मुख्य उपाधिसंगै बेस्ट नेसनल कस्ट्युमको टाइटल बिजेता र बेस्ट ट्यालेन्टको फर्स्ट रनरअप बिजेता समेत बनिन्।

उपाधि विजेता प्रियारानी

मलेसियाको पुट्रजाया म्यारोट होटलमा भब्य रुपमा आयोजित मिस कस्मोपोलिटन वर्ल्ड २०१९को पाचौ संस्करणमा प्रियाले सौन्दर्य, व्यक्तित्व, बौद्धिकता, प्रश्न -उत्तर र प्रतिभामा उत्कृस्ट अंक प्राप्त गर्दै बिजियी भएकी हुन्। मिस कस्मोपोलिटन वर्ल्ड २०१९ मा मलेसियाकी क्रिस्टिन चाइ छिन्। फर्स्ट रनरअप, नेदर ल्याण्डकी मृत बिट्स सेकेन्ड रनरअप, फिलिपिन्सकी क्लारिसा इसिद्रो थर्ड रनर अप र रसियाकी इकाटेरिना भेनि बर्गर फ्रोथ रनर अप घोषित भएका थिए।

वीरेन्द्र मेमोरियल कलेजबाट माइक्रो बाइलोजीमा स्नातक २८ बर्षीया प्रियारानी लामा मिस पूर्वाञ्चल २०१० का फस्ट रनर अप उपाधि विजेता रहिसकेकी छिन् भने २०११ देखि मिस पूर्वाञ्चलको कोरियोग्राफरको रुपमा कार्यरत छिन्।

प्रियाले मिस नेपाल २०१० मा सहभागिता जनाएर मिस बेस्ट कम्प्लिकेसनको अवार्ड जितेकी थिईन्। हाल उनी नेपाल वान टेलिभिजनका टेलिभिजन कार्यक्रम प्रस्तोतासंगै मोडल तथा कोरियोग्राफरका रुपमा सक्रिय रहेकी छिन्।





Comments

comments

32437