एउटा तस्वीर… (गजल) – गीता अधिकारी

गीता अधिकारी

एउटा तस्वीर… (गजल)

गीता अधिकारी –

एउटा तस्वीर यो नजर वरिपरी घुम्छ
मनमा हैकम जमाएर घरिघरी घुम्छ

नियाल्न खोज्दा पनि अरू दृश्यहरू
लज्वलन्त दीप झैं उज्यालो छरी घुम्छ

असारमा आँखा फुटेको जन्तु जस्तो
यो नजर पनि उस्कै खोजी गरी घुम्छ

कहिले काहीं यस्तो लाग्छ आफैलाई
शंका लाग्छ यो मन चोर्न तस्करी घुम्छ

जसलाई म हटाउन चाहन्छु दिमागदेखि
बनेर झझल्को घरीघरी आँखा भरी घुम्छ

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32508