Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सिड्नी क्याफेमा बन्धक बनाइएका ४० जना १६ घन्टापछि मुक्त

सुरक्षा कारबाहीमा दुईजना मारिएपछि अस्ट्रेलियाको सिड्नीस्थित एउटा क्याफेमा बन्धक बनाइएका ४० जना १६ घन्टापछि सुरक्षित मुक्त भएका छन्। बन्दुकधारीले सिड्नीको ए लिन्ट क्याफेमा १० कर्मचारी र ३० ग्राहक गरी ४० जनालाई बन्धक बनाएका थिए।

१६ घन्टासम्म प्रहरी कमान्डोले गरेको अपरेसनमा दुईजना मारिएपछि बन्धक प्रकरण अन्त्य भएको हो। मारिने मानिस बन्दुकधारी हुन् या बन्धक हुन् भन्नेबारे स्पष्ट भइनसकेको बिबिसीले जनाएको छ। न्यु साउथ वेल्स प्रहरीले स्थानीय समयअनुसार बिहान पौने ३ बजे बन्धक प्रकरण समाप्त भएको र यसबारे विस्तृत विवरण पछि दिइने जनाएको छ। बन्दुकधारीले राखेको माग पनि स्पष्ट भएको छैन।

इरानी शरणार्थीको रूपमा पहिचान गरिएका बन्दुकधारीले क्याफेमा प्रवेशमा गरी ४० जनालाई बन्धक बनाएका थिए। बन्धकमध्ये ६ जना भने भाग्न सफल भएका थिए। बन्दुकधारीले क्याफेको ढोका अगाडि कालोझन्डामा अरबी अक्षरमा लेखिएको ब्यानर झुन्ड्याएका थिए। अरबी अक्षरमा सबै भगवान् एक हुन् भन्ने लेखिएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।





Comments

comments

3279