Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकामा चासोक ताङ्नाम पर्ब सम्पन्न

रोशन त्यागी, क्यालिफोर्निया-
नेपालबाट अमेरिकाको क्यालिफोर्निया राज्य आइ बसोबास गरिरहेका किराँत याक्थुम्बा समुदायले उनीहरुको मौलिक तथा नेपाली राष्ट्रिय चांड ” चासोक ताङ्नाम – २०१४ आज बिधिपूर्बक तामझामका साथ क्यालिफोर्निया राज्यको अलमेडा सिटीको क्राबकोब पार्कमा सम्पन्न गरेका छन्।

हरेक वर्ष उनीहरुको सामाजिक संस्था किराँत याक्थुम चुम्लुङ्ग क्यालिफोर्निया च्याप्टरले गर्दै आएको बि-सुद्ध संस्कृतिक चांडलाई यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई जोड्ने संस्कृतिक कडीको रुपमा समेत हेर्ने गरिन्छ।

मङ्सिरको छेक पारेर मनाइने यो चांडको महिमा किराँती समुदायमा बिशेष किसिमको छ। श्रीमती तारा लिबांगले संयोजन गर्नु भएको उक्त कार्यक्रममा निम्तालु पाहुनाहरुमा जनजाती महासंघ अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष श्री रेशम तामांग, युनाईटेड किराँत राइ असोसिएसनका अध्यक्ष श्रीमती रत्ना राइ, जनसम्पर्क समितिका केन्द्रिय सदस्य श्री किलन राई, बरिष्ट संगीतकार श्री मदन दिपबिम, समाजसेबी तेज राई ज्यु हुनु हुन्थ्यो भने त्यसै गरि आइत लिबांग, सरु साँवा, हेमलता लिम्बु, पबिन्द्र राई, जि. एस. राई, केबिन नेम्बांग, पुजा नेम्बांग, तान्छोना नेम्बांग, जीवन सुब्बा, लिली सुब्बा, अतित सुब्बा, सानु सुब्बा, तेज पोम्बो, टंक फोम्बो, मणिराज लिम्बु, मायाकुमारी लिम्बु, एल. नेम्बांग, शान्ता नेम्बांग, शान्ति सुब्बा लगायत उलेख्यमात्रामा समाजसेबी र युवाहरुको उपस्थिति समेत रहेको थियो।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्री रोशन सुब्बा लिबांगको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले उपस्थित हुनुहुने सबैलाई हार्दिक धन्यवाद दिदै आगामी बर्षको लागि कार्यक्रम संयोजकको रुपमा सर्बसम्मतले श्रीमती ज्वाला सम्बाहाम्फेलाई चयन गरेको थियो।





Comments

comments

3306