Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कतारको मेगा कन्सर्ट–२ को कार्यक्रम स्थगित

तिलविक्रम थेवे/ एचकेनेपाल डट कम-
दोहा कतार। भोलि अर्थात दिसम्बर १७ मा आयोजना गर्न लागिएको मेगा कन्सर्ट–२, डान्स म्युजिक एण्ड मस्ती नाम दिइएको कन्सर्ट विविध कारणले दुईहप्ता पछि सरेको छ।

सोलो एभेन्टस् र सास क्रियसनको प्रस्तुती रहने मेगाकन्सर्ट–२ को लागि उपलब्ध हुने कार्यक्रमस्थल ग्रयाण्डमलस्थित वेष्ट इण्ड पार्कको अनुमति नगरपालिकाबाट केही ढिलाई हुने भएकोले कार्यक्रम सारिएको कार्यक्रमका संयोजक कल्याण घिमिरे र मेगा प्रधानले जानकारी दिए।

पत्रकार तथा मिडीयालाई निमन्त्रणा गरी जानकारी दिए अनुसार सो मेगा कन्सर्ट–२ आगामी जनवरी २ २०१५ मा सोही स्थानमा आयोजना गरिने भएको छ।

संन्ध्याग्रुप अलखोर समेत व्यवस्थापक रहेको सो कन्सर्ट–२ मा आशिका श्रेष्ठ, पुजन खरेल पनि व्यवस्थापक रहेकाछन् भने कल्याण घिमिरे र मेगा प्रधान कार्यक्रम संयोजक रहेका छन्।

गत जुलाईमा कतारमा मेगा कन्सर्टको आयोजना गरिसकेका कार्यक्रम संयोजक कल्याण र मेगाका अनुसार प्रवासमा रहेका नेपाली समुदायलाई स्वस्थ मनोरन्जन प्रदान गर्ने उद्धेश्यले यो कन्सर्ट आयोजना गर्न लागिएको बताए।

नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश बन्जाडे, अन्य पत्रकार तथा मिडीयाको उपस्थिति रहेको सो भेटघाटमा व्यवस्थापकका तर्फबाट संन्ध्याग्रुप अलखोरका सल्लाहकार वीरेन्द्र याक्थुङवा र आशिका श्रेष्ठको पनि पत्रकार तथा मिडीया भेटघाट कार्यक्रममा उपस्थित थिए।

समसामयिक विषयमा हास्यव्यंग्य पस्कन लोकप्रियता कमाएका कलाकार मनोज गजुरेल, लोकप्रिय गायक प्रमोद खरेल, शिक्षित र अनुशासित भनेर कहलिएकी नायिका केकी अधिकारी नेपालबाट र लोकप्रिय भोजपुरी डान्सर सिमासिंह र डान्स माष्टर कानु मुखर्जी भारतबाट यस कन्सर्टका लागि आउने भएकाछन्।

टिकट दर ३०, ५०, १०० रियल राखिएको सो कन्सर्टका लागि २ बजेदेखि नै गेट खुला रहने र ४ बजेदेखि कार्यक्रम प्रतिवद्धताका साथ शुरु हुने संयोजक कल्याण र मेगाले जानकारी दिए।

नेपाली चलचित्र प्रवर्धन गर्ने उद्धेश्यले कतारमा नियमित रुपमा नेपाली चलचित्र समेत हलमा देखाउने प्रयासमा रहेका कल्याण र मेगाको प्रयासमा नेपाली चलचित्र कोहिनुर, महसुस प्रदशर्न भइसकेको छ भने दिसम्बर १७, १८ र १९ मा पुन चलचित्र महसुस प्रदशर्न हुने भएको बताए। कतारका लागि नोकियाका आधिकारिक विक्रेता सिजिसी कम्पनी यस कन्सर्टको प्रायोजक रहेको छ।

किरात याक्थुङ्ग चुम्लङ्ग कतारको अधिवेसन सरयो

दोहा कतार, आगामी दिसम्बर २०१४ मा सम्पन्न गर्ने भनिएको किरात याक्थुङ्ग चुम्लङ्ग कतारको अधिवेसन सरेको छ। महसचिव, कोषाध्यक्ष लगायत पदाधिकारीहरु विदामा नेपाल जाने समय नजिकै भएको र अभिवेसन सम्पन्न गनै आवश्यक पुर्ण तयारी गर्नुपर्ने भएको हुनाले आगामी अप्रैल २०१५ मा अधिवेसन गर्ने निर्णय गरेको हो। गतहप्ता कियाचुका अध्यक्ष लोकेन्द्र कुमार तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको वैठकले अधिवेसन सार्ने निर्णय गरेको हो।

सो वैठकमा गत दिसम्बर ५, २०१५ मा आयोजना गरिएको चासोक तङ्गनामको पनि समिक्ष गरिएको थियो भने सोही वैठकले किरात याक्थुङ्ग चुम्लुङ्ग केन्द्रिय कार्यालयले स्थापना गरेको धर्म, साहित्य, कला सस्कृति, संस्कार लगायतका विषयमा वृहत अध्ययन अनुसन्धान गर्न हेतुले स्थापित लिम्बु स्टडी सेन्टरलाई आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ । वैठक कियाचु कतारका अध्यक्ष तुम्रोक, उपाध्यक्ष्द्धय नरेन्द्र एभेङ्ग र मनकुमार आङ्गवोहाङ्ग, महासचिव राजेन्द्र साम्योखाम, कोषाध्यक्ष हरीभक्त जवेगु, सचिवद्धय डम्बर लिबाङ्ग, मंगलसिङ्ग केरुङ्ग, सल्लाहकारहरु गणेश थक्लुङ्ग, श्यामसुहाङ्ग हुम्पा चङ्गवाङ्ग र हर्क प्रसाद आङ्गदेम्बे, चुम्लङ्गका आजिवन सदस्य तथा किरात प्रवासी मंचका अध्यक्ष किरण लिङ्गदेन, पर्यवेक्षकका रुपमा संन्ध्या ग्रुप कतारका प्रमुख सल्लाहकार वीरेन्द्र याक्थुङवा, चुम्लुङ्गका आजिवन सदस्य तथा पत्रकार तिलविक्रम थेवे लगायतको उपस्थिति रहेको थियो।





Comments

comments

3297