Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पाथीभरा मन्दिरका भक्तजनहरुलाई कतारबाट खानेपानीको व्यवस्था

तिलविक्रम थेवे, दोहा कतार
पान्थर याङ्गनाम गाविसका कतारमा वैदेशिक रोजगारमा कार्यरत् याङ्गनामवासी तथा शुभेच्छुकहरुले याङ्गनामको मुकुम्लुङ्ग माङ्गहिम (पाथीभरा मन्दिर) मा आउने भक्तजनहरुका लागि खानेपानी धाराको व्यवस्था गरेकाछन्।

याङ्गनाम गाविसको वडा नं. ३ र ५ को संगम डाडा सुम्हालुङ्ग कोम्मामा अवस्थित मुकुम्लुङ्ग माङ्गहिम (पाथीभरा मन्दिर) मा खानेपानीको उचित व्यवस्था नभएको हुनाले कतारमा कार्यरत् हरिभक्त जवेगु, डिल्ली थाम्सुहाङ्ग, विष्णु केरुङ्ग, भारपा–४ निवासी नन्दराज लोवा, ताप्लेजुङ्ग फाकुम्बा निवासी नरेन्द्र एभेङ्ग, पान्थर सिवा निवासी लोकेन्द्र तुम्रोकको सक्रिय पहल र सहयोगमा कतारबाट आर्थिक संकलन गरी ३ लाख रुपैयाको लागतमा उक्त स्थानमा खानेपानी व्यवस्था सम्पन्न गरिएको हो।

याङ्गनाम निवासी हरीभक्त जवेगुका अनुसार अहिले खानेपानीको व्यवस्था गरेपछि दर्शनार्थी र भक्तजनहरु लाभान्वित भएकाछन्। कतारमा रहेका याङ्गनामवासीहरुले सो खानेपानीको व्यवस्था गर्नका लागि विशाल हृदयले सहयोग गर्ने मनका धनी दानवीरहरुहरुप्रति आभार व्यक्त गरेकाछन्।





Comments

comments

3304