Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संघिय लिम्बुवान समाजका उपाध्यक्ष देवी थेगुवाको विदाई

तिलविक्रम थेवे/ एचकेनेपाल डट कम-
दोहा कतार। कतारबाट क्यान्सलमा जान लागेका संघिय लिम्बुवान समाज कतारका उपाध्यक्ष देवी थेगुवाको विदाइ गरियो।

समाजका अध्यक्ष नरेन्द्र एभेङ्गको अध्यक्षतामा आयोजित उपाध्यक्ष विदाइ कार्यक्रममा उनको योगदानको चर्चा गरिएको थियो। किरात याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोक विशेष अतिथि रहेको सो कार्यक्रममा चुम्लुङ्गका कोषाध्यक्ष हरी जवेगु, समाजका उपाध्यक्ष मदन मादेम्बा, उपाध्यक्ष देउकुमार नेम्बाङ्ग, उपमहासभिव डम्बर लिबाङ्ग, सचिवालय सदस्य तथा महिला विभाग प्रमुख रेखा राई, सचिवालय सदस्य एकोन लिम्बु, केन्द्रिय सदस्य चन्द्र आङ्गदेम्बे, केन्द्रिय सदस्य दिल कुमार मावो (तिलीहाङ्ग), साहानिया क्षेत्रिय अध्यक्ष पुर्ण लिम्बु, महिला प्रतिनिधिहरु सुनिता आङ्गदेम्बे, सुनिता विक लगायतले देवी थेगुवको लिम्बुवान आन्दोलनमा उनको योगदानको चर्चा गर्दै उपाध्यक्ष थेगुवाको आगामी लक्ष्यहरु पुर्ण होस् भन्ने शुभकामना दिए।

नेपाल फर्कन लागेका उपाध्यक्ष थेगुवा केन्द्रिय सदस्य, सचिवालय सदस्य हुदै उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पार्टी र संगठनका एक सक्षम र अनुशासित सिपाही हुन्। विगतमा पनि नेपालमा लिम्बुवानी आन्दोलनको हरेक तह र तप्कामा आफूले सक्रिय भूमिका निभाएको स्मरण गर्दै उपाध्यक्ष थेगुवाले अव फेरी पनि आन्दोलनमा सक्रियताका साथ लागिपर्ने बताए।





Comments

comments

3302