Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अपडेट: आर्मी स्कूलमा तालिवानको आक्रमण, १४१ को मृत्यु

पुस १ , एजेन्सी । पाकिस्तानको पेशावर शहरस्थित एक आर्मी स्कूलमा तालिवान विद्रोहीले आक्रमण गर्दा १३२ जना स्कूलका केटाकेटीसहित १४१ जनाको मृत्यु भएको छ।

सैनिक भेषमा स्कूलमा पसेका ६ जना तालीवान लडाकूहरुले विद्यार्थी र शिक्षकहरुलाई बन्धक बनाएर हत्या गरेका हुन्।

आतंककारीको हमलाबाट बचेर निस्केका एक ल्याब असिस्टेन्टका अनुसार आतंककारीहरूले एकपछि अर्को कक्षाकोठामा गएर अन्धाधुन्द गोली चलाएका थिए। उनीहरूसंग अत्याधुनिक हतियार रहेको उनले बताए।

प्रार्थनाको समय परेकोले अधिकांश विद्यार्थीहरूको ज्यान जोगिएको जनाएको छ।

यसैबीच, सेनाको कारवाहीमा ५ आतंकारीको मृत्यु भएको छ भने एकले आत्मघाती बम बिष्फोट गरेर आफू पनि मरेका छन्। आक्रमणमा १२२ जना विद्यार्थी घाइते भएका छन्। उनीहरूमध्ये केहीको गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ।

पाकिस्तानी सेनाले तालिवानविरूद्घ चलाएको सैनिक अभियानविरूद्ध उक्त कारवाही गरिएको तालिवानी प्रवक्ताले जनाएका छन्।

IMG_4882.JPG





Comments

comments

3309