Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गीतकार निलम आङ्बुहांङ् राईको तेश्रो गीति एल्बम ‘निलम’ सार्बजनिक

रोशन मेवाहाङ्ग राई / एचकेनेपाल डट कम –
फोक्स्टन बेलायत। गीतकार निलम आङ्बुहाङ् राईको मेरी प्रियतमा र विवशताले बोलको दुई गीतहरुको म्युजिक भिडियो प्रिमियरसहित तेश्रो गीति एल्बम ‘निलम’ साबर्जनिक भएको छ।

प्रमुख अतिथि बिशेष अतिथिलगायत श्रष्टा राईले गीति एल्बम “नीलम” संयुक्तरुपमा सार्बजनिक गरिएका हुन्। “निलम” सार्बजनिक भए लगत्तै गीतकार इश्वर चामलिंगले एल्बमको समिक्षा गर्दै मन्तब्य राख्ने क्रममा गीतकारको पोट्रेट कबिता बाचन गर्दै गीतकारलाई निलो हिराको उपमा दिएका थिए। सरल भाषाशैलीमा मन छुने गीत लेखेर गीतकार निलम आङ्बुहाङ राई नेपाली सांगीतिक बजारमा स्थापित गीतकार हुन सफल रहेको चर्चा गरेका थिए। गीतकार राईले निलम आङ्बुहाङ राईको गीति लेखनका बिभिन्न पक्षहरूको चर्चा गर्दै अघिल्लो एल्बम जुनी जुनी जस्तै एल्बम “निलम” को सफलताको शुभकामना ब्यक्त गरेका थिए।

स्रष्टा राईको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रममा २ आर जि आरका गोर्खा मेजर, मेजर प्रेम बहादुर गुरुङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाली महिला संघ, लण्डनका महा-सचिव तथा गीतकार शशी थापा सुब्वा र बिएफ बिएस गोर्खा रेडियोका स्टेशन मेनेजर लाल शाही, बिशेष अतिथि रहेका थिए।

अतिथिहरुमा इलाम सोसाईटी युकेका अध्यक्ष राजेन्द्र राई, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका कोषाध्यक्ष, कवि देवेन्द्र खेरेस, नयाँ सन्देश साप्ताहिकका प्रधान सम्पादक/कानुनविद चण्डीराज राई, संघीय मासिक पत्रिकाका प्रधान सम्पादक सुरेन्द्र इङ्नाम, मेजर चिन बहादुर थापा (एम भि ओ), क्याप्टन मनिकुमार राई , क्याप्टन रघुबिर राई, फोक्सटन नेपलिज कमिनीटिका सल्लाहकार गोपाल गिरी, पूर्व काउन्सिलर धन गुरुङ, गीतकार ईश्वर चाम्लिङ्ग, गीतकार निर्मला परिबेश राई, गीतकार हेमकुमार राईलगायत बिभिन्न संघसंस्थाका प्रतिनिधी तथा साहित्यिक स्रष्टाहरू रहेका थिए।





Comments

comments

3342