Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
चीनले खुसी पार्न कुन–कुन दललाई चन्दा बाँड्यो? – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनले खुसी पार्न कुन–कुन दललाई चन्दा बाँड्यो?

चीनले नेपालको ठूला राजनीतिक दलहरुलाई त कुनै न कुनै रुपमा नजिक राखिरहेकै छ। नेतालाई बारम्बार भ्रमणको निम्तो दिने र मख्ख पार्ने गरी खातिरदारी गर्ने चिनियाँ परिपाटी नै हो।

अहिले भने ठूला दलका भातृसंगठन र ती दलनिकट एनजिओलाई समेत मन खोलेर सहयोग राशि उपलब्ध गराउन थालेको देखिएको छ। चीनले बढाएको सहयोगको दायराभित्र कांग्रेस, एमाले, एमाओवादी र वैद्य माओवादीले चलाएका एनजिओ अटाएका छन्। यसरी सहयोग गर्न चीनले चाइनिज फाउन्डेसन फर पिस एण्ड डेभलपमेन्ट नामक संस्था नै खडा गरेको समाचार जनआस्था साप्ताहिकमा छापिएको छ।

युरोप, अमेरिका र खाडी राष्ट्रमा जनस्तरबाट सम्बन्ध बढाउने र एसिया, अफ्रिकामा भौतिक सहयोग र सीप विकास तालिम उपलब्ध गराउने सो संस्थाका उपमहासचिव यु ज्यओ युआनले विभिन्न एनजिओसँग गरेको सम्झौता अनुरुप गिरिजाप्रसाद कोइराला फाउण्डेसनलाई भर्खरै २ हजार थान हाते पम्प उपलब्ध गराइसकिएको छ।

पानी तान्ने ती पम्प विराटनगर र लुम्बिनीका दक्षिणी ग्रामीण क्षेत्रमा वितरण गर्न लागिएको हो। यसैगरी,बैद्य माओवादीको प्रबक्तासमेत रहेकी पम्फा भुसाल अध्यक्ष रहेको नेपाल चीन सरोकार समाज नामक गैरसरकारी संस्थालाई विद्युतीय पुस्तकालय स्थापना गर्न ५० हजार अमेरिकी डलर उपलब्ध गराउने भएको छ। त्यसैगरी अरु धेरै पार्टी संबद्द संस्थाहरुलाई चीनले सहयोग गरिरहेको छ।





Comments

comments

3331