बलात्कृत पूजालाई न्याय दिलाउँने कानुनमन्त्रीको प्रतिबद्धता

प्रिय पूजा

तपाईले २०७१ पुष १ गते कान्तिपुरमा मलाई सम्बोधन गरेर लेख्नुभएको पत्र पढेर म स्तब्ध भएँ। तपाईमाथि भएको चरम अमानविय र क्रुर अपराधको जति निन्दा गरेपनि कम हुन्छ। यस अपराधसँग जोडेर तपाईले उठाउनु भएको अदालती न्यायको निष्पक्षता माथिको प्रश्न मुलुकको न्याय र कानुनमन्त्रीको रुपमा मेरा निम्ति चिन्ता र चुनौतीको विषय बनेको छ।

बैतडी जिल्ला अदालतले बलात्कारका दोषी ठहर गरेर कैद र जरिवाना गरिसकेका ब्यक्तिहरुलाई पुनरावेदन अदालत बैतडीले केका आधारमा निर्दोष सावित गरेर छाडिदियो भन्ने कुराको यथार्य छानबिन गर्न मैले न्यायपरिषदका सम्माननीय प्रधानन्यायाधिशसमक्ष औपचारिक पत्र लेखेको छु।

मंगलबार बसेको न्यान्य परिषदको बैठकमा यस विषयमा गंभीरताका साथ छलफल भएको छ। मैले महान्यायाधिबक्ता कार्यालयमा पनि सम्पर्क राखेर तपाइको मुद्धाको वर्तमान अवस्थाबारे जानकारी लिएँ। सम्मानित सर्वोच्च अदालतले तपाइलाई न्याय दिलाउने छ भन्ने मैले विश्वास लिएको छु।

यस्तो थियो पूजाको चिठ्ठी-
सामूहिक बलात्कारमा परेकी युवतीको कानुनमन्त्रीलाई दर्दनाक चिठ्ठी

माननिय कानुनमन्त्री
नरहरी आर्चाय ज्यू

नमस्कार

म एउटा गरिव परिवारकी १७ वर्षीया छोरी हुँ । मैले तपाइको नाममा पत्र लेख्ख्न हुन्न हुन्नथ्यो थाहा छैन । तर पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकी छु । कृपया केही गल्ती भए सुरुमै क्षमा चाहन्छु।

मेरो नाम पूजा बोहरा हो । घर सुदुरपश्चिम बैतडी जिल्लाको दुर्गम कैलापाल गाबिसमा पर्छ। मेरो बुबाको यथेष्ट जग्गा जमिन छैन। त्यसैले उहाँले धनीको घरमा हली बसेर ७ जना सन्तानको लालनपालन गर्नुभएको हो। मेरो बुबा गरिव र अशिक्षित भएपनि सायद शिक्षाको महत्व बुझेकैले होला, मलाई गाउँकै कैलाश प्राबिमा भर्ना गरिदिनुभयो।

मेरो भाग्य भन्नुपर्यो जुन दिन विद्यालय टेक्ने अबसर पाए, कुनै परीक्षामा दोस्रो हुनु परेन। २०६८ साल चैत्र ७ गतेदेखि एसएलसी परीक्षा सुरु हुने खबर आयो। सिद्धेश्वर उच्च माविका विद्यार्थीका लागि बैतडी पाटनबजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा केन्द्र तोकियो।

धन्न बुवाले बजारमा नै बस्ने ब्यवस्था मिलाइदिनुभयो। पुस्तक पसलमा गणितको गेसपेपर किन्न म बाहिर निस्किए । बाहिर गर्मी थियो । एउटा मात्र पसल भएका कारण म पालो पर्खेर बसिरहेको थिए। मैले पानी दिनुस न दाइ कस्तो प्यास लाग्यो भो।

उ एकछिन है भन्दै पुस्तक पसलबाट भित्र अर्को कोठातिर गयो । अनि रित्तै आइ पानी सकिएको रहेछ, मैलन लिन पठाएको छु भन्यो। मैले ठिकै छ घरमै गएर पिउँछु मलाई किताव दिनुस गइहाल्छु भने। त्यत्तिकैमा अर्को मान्छे हातमा सोडापानीको गिलास बोकेर आयो। उनीहरुले मलाई दिए।

दुईवटा गिलास आफूहरुले पिए। त्यो पिएको चार पाँच मिनेटपछि मलाइ चक्कर लाग्दा जस्तो भयो। वाकवाक लागेजस्तो भयो। मैले त्यही पुस्तक पसलेलाई ट्वाइलेट कता छ भनी सोधे। उ अलि पर छ म देखाइदिन्छु भनी अघि अघि लाग्यो।

म ट्वाइलेटभित्र पस्नेबित्तिकै ऊ पनि सँगसँगै पस्यो । मैले किन आएको भन्दा ‘हल्ला नगर्, म जे-जे भन्छु, त्यही मान्’ भन्दै भित्तातिर धकेल्यो। एकैछिनमा अघि सोडा ल्याएर दिने केटो पनि आइपुग्यो। उसले ‘कोही आए भने मलाई बोला है’ भनी अर्को कुनै मान्छेलाई ट्वाइलेटबाहिर अह्राएको सुनेकी थिएँ । अब ट्वाइलेटभित्र दुईजना केटाहरू र म भयौं। मेरो खुट्टा थर्थरी काम्न थालेको थियो। अत्तालिएर स्वर पनि राम्रोसँग निस्किरहेको थिएन। तर पनि गुहार भन्दै चिच्याउन खोजें।

म चिच्याएको देखेर एक जनाले मलाई समात्ने र मुख थुन्ने, अर्कोले कपडा खोल्ने गरे। म भने आफूलाई बचाउन ठूलो कसरत गर्दै थिएँ । २-३ मिनेटको घम्साघम्सीपछि, त्यो ट्वाइलेटमा ब्लेड रहेछ, त्यसले मेरो खुट्टाको औंला र पैतालामा काटिदिए। ‘अब यो ब्लेडले तेरो घाँटी चिर्छौं’ भन्दै थिए। म रुन, कराउन, बोल्न नसक्ने भइसकेकी थिएँ। उनीहरूले काटेको ठाउँबाट रगत बगिरहेको थियो। यत्तिकैमा उनीहरूले आफ्नो लुगा खोलेर मेरो मुखमा कोचिदिए र पालैपालो अस्मिता लुटे। मेरो सामूहिक बलात्कार गरे। होस आउँदा म पाटन मानसिक अस्पतालमा लडिरहेको थिए।

बैतडी जिल्ला अदालतले ती अपराधीलाई १३ वर्ष कैद र जनही पचास चिास हजार रुपैयाँ जरिवाना तोक्यो।

पछि पुनरावेदन अदालत महेन्द्रनगरले दुबैजनालाई निर्दोष भनि सफाइ दिएछ। के उनीहरु निर्दोष अनि मचाहि दोषी हुँ त ? यदि म दोषी हुँ भने मलई तुरुन्तै कारबाही गरियोस, हैन भने बलत्कारीहरुलाई पुन प्रकाउ गरी सजाय सुनाइयोस्।

(कान्तिपुर दैनिकमा प्रकाशित पीडितको चिठ्ठी)





Comments

comments

3281