विदेशमा नेपाली हराउंने संख्या बढे

फाइल फोटो

वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका घटना धेरै छन्।

अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर भएका घटना र सङ्ख्या अझै डर लाग्दो छ तर यसको आधिकारिक तथ्याङ्क कुनै पनि सरकारी गैरसरकारी निकायसँग छैन।

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अनुसार उसको सम्पर्कमा आएकामध्ये गएको छ वर्ष (सन् २०१३ देखि २०१९ नोभेम्बर)सम्म वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुकमा गएर आफन्त हराएको भन्दै ३८८ जनाले खोजीका लागि उजुरी गरेका थिए।

जसमा २३१ जनाको समस्या समाधान भएको र १०४ जनाको प्रक्रियामा रहेको जनाइएको छ । बाँकी ५३ जनाको उजुरीमा उजुर गर्ने व्यक्ति क्ुनै सम्पर्कमा नै नभएकाले प्रक्रिया नै स्थगित गरिएको उसले जनाएको छ।

विदेशमा हराएका वा बेपत्ता भएका नेपाली कामदारको देशगत रूपमा हेर्दा सबैभन्दा बढी प्रभावित मलेसियामा दुई सय हराएको पाइएको छ । यस्तै साउदी अरबमा ६७ जना, कुवेतमा ४६ जना, संयुक्त अरब इमिरेट्स (यूएई) ३० जना, कतारमा २२ जना र अन्यमा २३ जना हराएको जनाएको छ । वैदेशिक रोजगारीका क्रममा हराउनुको मुख्य कारण विदेशमा जेलमा पर्नु, परस्त्रीसँग प्रेम सम्बन्धमा हुनु, पारिवारिक मनमुटाव हुनु, विदेशमा मृत्यु हुनु, दुर्घटनामा पर्नु रहेको पाइएको छ। यो समाचार गोरखापत्र दैनिकमा सीमा शर्माले लेखेकी छिन्।





Comments

comments

33104