विमानस्थलमा १९० टनभन्दा बढीका जहाजलाई अनुमति

फाइल फोटो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन्।

विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको छ।

यससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेको फोर–ई–सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण गर्न पाउने भएका छन्।

तर विमानस्थलमा एकै समयमा फोर–ई–श्रेणीका विमान भने गुड्न पाउने छैनन् । संगठनका अनुसार त्रिभुवन विमानस्थलको पार्किङ र धावनमार्ग नजिकै भएकाले एक प्रकृतिका दुई विमान एकै समयमा धावनमार्गमा कुनै पनि मुभमेन्ट गर्न नपाउने व्यवस्था गरिएको हो । यो समाचार कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन्।





Comments

comments

33112